समाज

एसएसपी खरेलको चुनौती : अरनिको राजमार्गको तस्करी

काभ्रे, ४ माघ,

रक्तचन्दनदेखि सुन र गोरुसम्म तस्करी हुन्छ अरनिको राजमार्गबाट

ramesh-kharelसरकारले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा गरेको छ । आज गरिएको सरुवाको क्रममा काभ्रेको जनागालमा कार्यालय भएको अञ्जल वागमति कार्यालयका प्रमुख पनि फेरिएका छन् । केही समयअघि विरञ्जमा छँदा एसपीबाट एसएसपीमा बढुवा भएका रमेश खरेलले अञ्चल वागमति कार्यालयको नेतृत्व गर्ने भएका छन् ।

काभ्रेको देवभूमि बालुवा स्थायी घर भएका खरेल नेपाल प्रहरीका इमान्दार प्रहरी अधिकारी मानिन्छन् । अपराध नियन्त्रणको क्रममा राजनीतिक दबाबलाई बेवास्ता गर्ने उनको बानीकै कारण उनले काम गरेका जिल्लाहरुमा उनलाई पटक पटक सम्मान पनि गरिएको थियो । नेपाल प्रहरीमा कार्यरत भएपछि खरेल पहिलो पटक आफ्नै जिल्लामा रहेको कार्यालयमा आउन लागेका हुन् उनी अञ्चल प्रहरी कार्यालय वागमतिमा आएपछि काभ्रेमा हुने गरेका गैरकानुनी काम रोकिने अपेक्षा गरिएको छ । विशेष गरी अरनिको राजमार्गमा हुने गरेका तस्करीका घटनालाई रोक्नु उनको सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेका छन् । अरनिको राजमार्ग हुँदै रक्तचन्दनदेखि सुनसम्म तथा गोरु पनि तस्करी हुने गरेको छ । तस्करीमा प्रहरीकै उच्च अधिकारीहरुको संलग्नता हुने गरेको बेला बेलामा सार्वजनिक हुने गरेको छ ।

अञ्चल प्रहरी कार्यालय वागमतिका प्रमुख एसएसपी पशुपति उपाध्याय भने प्रहरी प्रधान कार्यालयको कल्याण शाखामा सरुवा भएका छन् । अञ्चल प्रहरीमा आउनुअघि खरेल प्रहरीको युएन शाखामा रहेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।