काभ्रे जिल्लाका विभिन्न स्थानमा सञ्चालित अधिकांश क्रसर अद्योगहरू म्ाापदण्ड विपरित सञ्चालनमा रहेको रहस्य खुलेको छ। ती क्रसर उद्योगहरूलाई स्थानिय प्रशासन र नेपाल प्रहरीको संरक्षण समेत भएको स्थानियले आरोप लगाएका छन्। विपी राजमार्ग अर्न्तगत भकुण्डेवेसीदेखि मंगलटारसम्म सडक र बस्तीसँगै जोडिएर सञ्चालन भइरहेका पाँच वटा क्रसर उद्योगले न्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन्। विपी राजमार्ग र गाउँका बस्ती नै धराप पर्ने गरी सञ्चालन भइरहेका ती क्रसर उद्योगहरू राजनीतिक आड, गुण्डागर्दी र आर्थिक चलखेलका कारण सुरक्षित रुपमा सञ्चालन भईरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख परिवर्तनसँगै दुई, चार दिन बन्द भएका क्रसर उद्योगहरूका मालिकले प्रहरी र स्थानिय प्रशासनलाई रिझाएपछि पुनः सञ्चालनमा आएका हुन्। दुई महिना अघि मात्र पहिलो एसपीका रुपमा काभ्रे जिल्ला आएकी गिता उप्रेतीले पनौंती नगरपालिका आसपासका गाविसहरूबाट ढुङगा लिएर फर्किदै गरेको दश वटा ट्रक नियन्त्रणमा लिई ब्यवसायीसँग महिनावारी लिने सहमति गरेर भोलीपल्ट छाडेको नाम उल्लेख नगर्ने सर्तमा एकजना ब्यवसायीले जनप्रहारलाई बताएका छन्। उनी भन्छन्–'महिनावारीको सहमति भएकै कारण अहिले अवैध ढुङगा खानी निर्वाध रुपमा सञ्चालन भइरहेका छन्।' जिल्लामा नामी क्रसर उद्योगीका रुपमा चिनिने राजभक्त प्रधानाङ्ग दिनमै एक सय ट्रक भन्दा बढी गिटी उत्पादन गदै आईरहेका छन्। उनले विपी राजमार्ग अर्न्तगत भिमखोरी गाविसको मंगलटारमा मापदण्ड विपरित चण्डेश्वरी रोडा–ढुङगा उद्योग सञ्चालन गदै आएका छन्। राजमार्ग र बस्तीबाट एक किलोमिटर टाढा उद्योग रहनु पर्ने, बातावरणीय प्रभाव पर्न नहुने, उद्योगका कारण गाउँ, बस्ती र राजमार्ग जोखिममा पर्न नहुनेलगायतका अनगिन्ती मापदण्डलाई मिचेर प्रधानाङ्गले उद्योग सञ्चालन गरिरहेका छन्। उनले सञ्चालन गरेको उद्योगका कारण पहिरो गएर पुरै बस्ती, गाउँ र राजमार्गसमेत जोखिममा परेको छ। हाल राजमार्गको मंगलटार सडकखण्डमा ह्याकुरे खोला बग्ने गर्दछ। तर चण्डेश्वरी रोडा–ढुङगा उद्योगका कारण लगभग ५० मिटर बाटो तहसनहस भएको स्थानियले जनप्रहारलाई बताएका छन् ।
राजमार्गसँगै जोडिएको खानीबाट ढुङगा निकाल्दा पहिरो र खोला पसेर सडक भत्किएको छ। पहिरोका कारण गाउँ समेत जोखिममा रहेको छ। तर सडक विभाग, जिल्ला विकास समिति र स्थानिय प्रशासन भने रमिते बन्दै उद्योगबाट महिनावारी बटुल्दै आएका छन्। बनेपामा साईकल ग्यारेज सञ्चालन गर्ने प्रधानाङ्ग यतिखेर जिल्लाकै धनि ब्यक्तिको गणनामा पर्दछन्। प्रधानाङ्गले सिन्धुपाल्चोक जाने बाटोमा पर्ने सिमाघाटमा पनि मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गदैं आएका छन्। प्रधानाङ्गसँग तीन दर्जन भन्दा बढी ट्रक, बनेपामा पेट्रोल पम्प र आलिसान बङला रहेको छ। प्रधानाङ्गकी श्रीमतीले 'कसौंटी जिन्दगाी' हिन्दी सिरियलमा जस्तै महल चाहिन्छ भने पछि प्रधानाङ्गले श्रीमतीलाई खुसी पार्न पाँच रोपनी जग्गामा पाँच करोडकै लागतमा आलिसान महल बनाएको बनेपाका ब्यापारीबीच चर्चा छ। हाल प्रधानाङ्गसँग अवौं रुपैयाँ रहेको बताईन्छ। स्रोतका अनुसार प्रधानाङ्गको सवै सम्पत्तिको छानविन भएको खण्डमा उनको सम्पत्तिको बीस प्रतिशत पनि वैध भेटिने छैन् ।
प्रधानाङ्गले हालै सिन्धुली जिल्ला अर्न्तगत नेपालथोकको आँपघारी र मान्तीखोलामा पनि मापदण्ड विपरित क्रसर उद्योग सञ्चालनमा ल्याएका छन्। मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गर्नेमा भक्तपुरका अनिल श्रेष्ठ र सुनिल श्रेष्ठ पनि रहेका छन्। श्रेष्ठद्धयले भिमखोरी गाविस अर्न्तगत मंगलटारमा मापदण्ड विपरित राजमार्ग र राजमार्गमा पर्ने बस्तीलाई जोखिममा पारी क्रसर सञ्चालन गरिरहेका छन्। मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गर्ने अर्का ब्यक्ति तिर्थ लामा पनि हुन् । लामा काभ्रे जिल्ला क्षेत्र नं.१ नेपाली कांग्रेसका क्षेत्रीय सभापति हुन्। लामाले पनि पार्टी, पैसा र गुण्डागर्दीको आडमा कटुञ्जेवेसीमा क्रसर उद्योग सञ्चालन गदैं आएका छन्। त्यस्तै अवैध तरिकाले क्रसर उद्योग सञ्चालन गर्नेहरूमा ग्याल्जे शेर्पा र बहादुर लामा पनि रहेका छन्। बिपी राजमार्गका बस्ती र राजमार्ग नै तहसनहस हुने गरी सञ्चालन रहेका आधा दर्जन क्रसर उद्योगहरूलाई कानूनसम्वत सञ्चालनमा नल्याईने हो भने कुनै दिन दुःखत दुर्घटना नहोला भन्न सकिन्न । अवैध क्रसर उद्योग सञ्चालनका विषयमा जिल्ला प्रहरी कार्यालयकी प्रमुख एसपी गिता उप्रेती र जिल्ला प्रशासन कार्यालयका प्रमुखसँग बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
-
रोशनराज पाण्डे
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्