अपराध समाज

काभ्रेको विभिन्न भागमा सञ्चालित अबैध ढुंगा खानेको स्थलगत अवलोकन

khaniकाभ्रेपलाञ्चोक जिल्लाका विभिन्न भागमा अवैध रुपमा सञ्चालन भइरहेका भनिएको ढुंगा खानीको स्थलगत अनुगमन गरिएको छ ।

प्रमूख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीको नेतृत्वमा स्थानीय विकास अधिकारी प्रेम कुमार श्रेष्ठ, काभ्रे प्रहरी प्रमूख अरुण कुमार बिसी, जिल्ला भू–संरक्षण कार्यालय काभ्रे लगायत सरोकारवाला निकायका प्रमूख एवं प्रतिनिधि सहभागि टोलीले आज भूमिडाँडा, रयाले र पनौतीको खोपानीमा रहेका ढुंगा खानीहरुको अवलोकन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध खानी बन्द गर्न लिखित पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ढुंगा यसअघि नै खानीहरु बन्द गराएको छ । उनीहरुले दर्ता नवीकरण नगरि राज्यलाई बुझाउनुपर्ने कर समेत छली गरेको प्रहरीले अनुमान गरेको छ ।

यसैबीच प्रहरीले अवैध ढुंगाखानी सञ्चालन गरेको भन्दै ८ वटा ढुंगाखानीमा छापा मारेर ७ वटा एक्साभेटरको साँचोसहित ३ कर्मचारी र १४ वटा ट्रिपर नियन्त्रणमा लिएको छ । पक्राउ परेका ३ जना उपर प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । भू गर्भ विभागबाट अनुमति लिइ सम्बन्धी जिल्लाको जिल्ला विकास समितिको कार्यालयमा दर्ता नवीकरण गराउनु पर्ने कानुनी ब्यवस्था भएपनि उनीहरुले कानुन बमोजिम काम नगरेकाले खानीनै बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।