रविओपी गाविस वडा नम्वर ४ मा रहेको सेतिदेवी मन्दिरको निर्माण तथा मुर्ति स्थापनाका लागि चैत्र २८ गते देखि शुरु गरिएको श्रीमददेवी भागवत नवाह ज्ञान महायज्ञको शनिबार समापन हुने भएको छ ।
श्री जगदम्वा महाकाली अखण्ड ज्योती सेवा साधना केन्द्र गोठाटार ९ काठमाडौको समुहबाट सांगितिक कार्यक्रम सहित नवाह भइरहेको छ । नवाहमा प्रमुख बाचक बालब्यास आचार्य पण्डित रामहरी अधिकारीले नवाहमा कथा बाचन गरिरहेका छन् भने उप वाचक रामप्रसाद पौड्यालले सहयोग गरिरहेका छन् । सोहि महायज्ञबाट संकलित रकमले सेतिदेवी मन्दिरको निर्माण शुरु गर्ने आयोजक समितिका रुद्रबहादुर खड्काले जानकारी दिए । नवाहबाट हिजोसम्म करिव २ लाख रकम संकलन भएको छ । नवाहमा सबै भन्दा धेरै सोहि गाविस ४ का केदार प्रसाद कोइराले १० हजार ५ सय ६० सहयोग गरे भने सोहि गाविस ५ का पुर्णप्रसाद ढुंगानाले १० हजार १ सय ५४ रुपैया सहयोग गरेका छन् । महायज्ञमा सहयोग गर्नेहरुको क्रम जारी रहेको छ । त्यस्तै रविओपी ५ केशबप्रुसाद कोइरालाले १० हजार एक सय ५ दान गरेका छन् ।
नवाहको अन्तिम दिन सामुहिक ब्रतवन्ध आयोजना गरिएको छ । सोहि दिन कलश यात्रा सहित नवाह समापन हुनेछ । कलश यात्राका लागि प्रति ब्यक्ति ७ सयका दरले १ सय ८ वटा कलश बुकिङ्ग भैसकेको छ भने सामुहिक व्रतवन्धका लागि एक दर्जन भन्दा धेरैले नाम दर्ता गरिसकेको नवाहका ब्यवस्थापक फत्तबहादुर भण्डारीले जानकारी दिए ।
-
निरञ्जन गेलाल,
रविओपी
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्