समाज

काभ्रेमा गुण्डा नियन्त्रण अभियान, पहिलो चरणमा बोलाएर सम्झाइने

जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लामा पनि गुण्डा नियन्त्रण अभियान सुरु गरेको छ । काठमाडौंमा गुण्डाका नाइकेहरुविरुद्ध सम्पति शुद्धीकरणले मुद्दा हालेलगत्तै काभ्रेमा प्रहरीले गुण्डाहरुलाई नियन्त्रणको प्रयास सुरु गरेको हो । प्रहरीले पहिलो चरणमा विभिन्न गुडागर्दीहरुको घटनामा संलग्न भई आफूहरुको सूचीमा परेका व्यक्तिलाई सम्पर्कमा ल्याएको छ ।

आफ्नो सूचिमा समावेश भएका करिब ५० जनालाई आफ्नो सम्पर्कमा ल्याई पहिलो चरणमा उनीहरुलाई सम्झाउने काम सुरु गरेको जिल्ला प्रहरीले जनाएको छ । गरेको छ । यसअघि विभिन्न आपराधिक घिटनामा संलग्न रहेका व्यक्तिहरुलाई सम्पर्कमा ल्याएर अब आइन्दा कुनैपनि घटनामा संलग्न नहुनका लागि सचेत गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी कृष्णजी अधिकारीले जानकारी दिए । उनले समाज सुदृढिकरणका लागि उनीहरुलाई सम्झाउने कार्य सुरु गरेको पनि बताए । उनले सम्पर्कमा आएका व्यक्तिहरुलाई काउन्सिलिङ गरेर आफ्नो सम्पर्कमा रहेका साथिहरुलाई प्रहरीसमक्ष पठाइदिनको लागि समेत आग्रह गरिएको बताए । डिएस्पी अधिकारीका अनुसार गुण्डागर्दीमा संलग्न अधिकांश व्यक्तिहरु काठमाडौंमा बस्ने गरेका छन् भने काभ्रेमा आएर विभिन्न घटनामा संलग्न भएर फर्कने गरेकोसमेत पाइएको छ ।

सुरुमा उनीहरुलाई कुनैपनि घटनामा संलग्न नहुका लागि सम्झाउन सुरु गरेको र त्यसपछि पनि कुनै पनि घटनामा संलग्न भए उनीहरुमाथि कडा कारवाहि गरिने डिएसपी अधिकारीले बताए । हिजोबाट सुरु भएको उक्त अभियानमा आजसम्म करिब १५ जनालाई सम्झाउने काम भइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।