समाज

राजमार्गमा चेकजाँचका लागि विशेष टोली

काभ्रेको जनागालमा रहेको अञ्चल प्रहरी कार्यालय वागमतीले राजमार्गमा चेकजाँचका लागि विशेष सर्चटोली गठन गरेको छ । सडकसुरक्षा चेकजाँच केन्द्र नाम दिइएको सो टोलीले अञ्चलभित्रका राजमार्गमा आकस्मिक रुपमा छड्के जाँच गर्नेछ । जनपद, सशस्त्र र ट्राफिक गरी १२ जना प्रहरीको विशेष टोली गठन गरिएको हो ।

दुई साताघि टोली गठन गरी चेकजाँच कार्य सुरु भइरहेको भइरहेको कार्यालय प्रमुख एसएसपी रमेश खरेलले जानकारी दिए । टोलीले काभे्र, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्ला अन्र्गतका राजमार्गमा हुने तस्करी लगायतका घटनाका विषयमा विशेष सर्च गर्ने उनले बताए । उनका अनुसार विशेष टोलीबाहेक प्रत्येक जिल्लामा यस्तै टोली गठनगरी चेकजाँच गर्न संरचना तयार भैसकेको छ । सबै जिल्लाका टोलीलाई पाँच दिनको सर्च प्रक्रिया, व्यबहार र सामग्रीका विषयमा तालिम दिएर तत्काल परिचालन गरिने छ । एउटा सर्च टोलीलाई एकलाख बराबरको सर्च सामग्री व्यबस्था गरी तालिमपश्चात तत्काल फिल्डमा खटाइने उनले बताए ।

विशेष टोलीले काभे्रबाट आफ्नो काम थालेको हो । हाल विशेषगरी अरिनिको राजमार्गमा हुने गरेको तस्करी र सडक सुरक्षालाई जोड दिइएको एसएसपी खरेलले बताए । गोप्य रुपमा आएका र भएगरेका घटनामा टोली तत्काल पुग्ने उनले बताए । गोप्य सूचनाका आधारमा सम्भावित ‘तस्करी जालो’को नजिक पुग्ने काम भइरहेको र केही दिनभित्रै प्रहरी सफल हुने पनि उनले जानकारी दिए । यसैबीच, विशेष टोली गठनसँगै अञ्चल प्रहरी कार्यालयले ट्राफिक प्रहरीलाई विशेष निती निर्देशन दिँदैसवारी साधनको कागजात कडाइकासाथ चेकजाँचका गर्दै मादक पदार्थ सेवन गर्ने चालकको चालक अनुमतिपत्र प्वाल पार्नसमेत भनेको छ । कार्यालयको निर्देशनपछि तीन जनाको लाइसेन्स् प्वाल भैसकको ट्राफिक प्रहरी कार्यालय काभे्रले जनाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।