प्रत्येक वर्ष जेठ शुक्ल पूर्णिमाका दिन मनाइने पनौती जात्रा आज पनौतीका नागरिकले भव्यताका साथ मनाउँदैछन् । तीनदिन अघि औपचारिक रुपमा जात्रा सुरु भए पनि आजको दिनलाई विशेष महत्वका साथ पनौतीबासीले लिने गरेका छन् । पनौती जात्रालाई हिले, ज्या पुन्ही, घुमजात्रा लगायतको नामले चिनिने गरिन्छ ।
परापूर्वकालमा गौतम ऋषीकी पत्नी अहित्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचनका रुपमा पूर्णिमाको दिन बिहान सबेरै नुहाएको किंवदन्तीको आधारमा पनौतीको पुण्यमाता र रोशीको सङ्गममा स्नान गर्ने भक्तजनहरुको आज बिहानैदेखि घुइचो लागिरहेको छ । आजकै दिन ब्रम्हायणीलाई रथयात्रा गरी नगर परिक्रमा गराई लाय्कु दरबारको प्राङ्गणमा पु¥याइन्छ । त्यस्तै विभिन्न मौलिक बाजागाजासहित द्वारे र भद्रकाली, भैरव र महादेवको मूर्ति रथमा राखिन्छ । यसरी रथमा राखिएको मूर्तिलाई पुन ः लाय्कु दरबारमा ल्याइन्छ ।
त्यसपछि देवी–देवताको सम्भोगको रुपमा भैरव र भद्रकाली, महादेव र भद्रकालीबीच ३–३ पटक रथ जुधाइन्छ । यस दिन पनौती क्षेत्रमा चिउरीको अत्याधिक व्यापार हुने गरेको छ । साझँ चिराक बालेर ब्रम्हायणीमाईलाई नगर परिक्रमा गराई पनौतीको सोह्रखुट्टेपाटीमा रहेको देउताघरमा भित्र्याउने र जात्राको समापन गरिने प्रचलन रहदै आएको छ । तर बढ्दो आधुनिकतासँगै जात्रामा बजाइने पुराना बाजाहरु लोप हुन थालेपछि पनौतीका पुराना पुस्ता निकै चिन्तित बनेका छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्