शिक्षा

सिद्धार्थ बनस्थलीको रजत महोत्सव

सार्वजनिक गुठी अन्र्तगत संचालित पनौतीको सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको २५ औ वार्षिकोत्सव तथा रजत महोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रममा सोमबार बोल्दै उपराष्ट्रपति परमानन्द झाले दक्ष जनशक्ति र शैक्षिक चेतना अभावका कारण पछिल्लो समय बन जंगल मासिदै गएको बताए । शिक्षा र स्वाथ्यलाई राज्यले ब्यक्तिको नैर्सगिक अधिकारका रुपमा लिए पनि ब्यवहारीक रुपमा लागु गर्न अझै कठिनाई भएको बताए । उपराष्ट्रपति झाले नेपाललाई शैक्षिक हबका रुपमा विकास गरी दक्ष जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनु पर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै झाले शैक्षिक जनशक्ति उत्पादन गरे मात्रै मुलुकले उपलब्धी हासिल गर्ने बताए । राणकाल देखि शिक्षाको शुरुवात भए पनि सबैले शिक्षाको उपयोग गर्न नपाएको अवस्थामा केहि दशक देखि मात्रै सबैले शिक्षा प्राप्त गर्न थालेको बताएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुपक राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक लक्ष्मण राजवंशी, विद्यालयका प्रधानाध्यापक भिमसेन बस्नेत, अभिभावक केशव थापा, शिक्षिका सुभद्रा दाहाल लगायतले सिद्धार्थ बनस्थलीले पनौती पुर्वका क्षेत्रमा शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको बारेमा बोलेका थिए । कार्यक्रम शिक्षक चुडामडी गौतमले संचालन गरेका थिए । सोहि अवसरमा विद्यालय स्थापना कालदेखि विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तित्वहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यस अघि रजत जयन्तिको पुर्व तयारीमा २०६५ साल देखि २०६८ सालसम्म प्रवेशिका पास गरेका विद्यार्थीहरुलाई विदाई तथा पुरस्कार वितरण गरिएको थियो । सोहि अवसरमा विद्यालयका विभिन्न सदनमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल भिमसेन बस्नेतले उत्कृष्ट विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । विद्यालयले पनौती ८ मल्पीका स्थानीय ८० वर्ष कटेका १२ जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको थियो । सिद्धार्थ बनस्थलीबाट हालसम्म ५ सय जना विद्यार्थीहरुले प्रवेशिका परिक्षा उर्तिण गरिसकेको सोहि अवसरमा जानकारी दिइएको थियो । ५ सय भन्दा धेरै विद्यार्थीहरुले सिद्धार्थ बनस्थलीमा अध्ययन गरिरहेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।