अन्तर्राष्ट्रिय सहकारी महोत्सव २०१२ को अवसरमा सहकारी महोत्सव २०६९ काभ्रे भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा शनिबार उद्घाटन गरिएको सहकारी महोत्सव तीनदिनसम्म गोदामचोकस्थित सहकारी संघको प्राङ्गणमा भएको थियो । पुस १४ देखि १६ गतेसम्म चलेको महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री पुनले राजनीतिक संक्रमणका कारण सरकारले राष्ट्रिय नीति बनाउन ढिलाई गरिरहेको बताउनुभयो । गरिबी अन्त्यका लागि सहकारीले गाउँशहरमा धेरै योगदान पु¥याएको चर्चा गर्नुहुँदै मन्त्री पुनले सहकारी क्षेत्रमा लाग्दै आएको कर मिनाहाका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
महोत्सव उद्घाटन अघि १५० जना बढी सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागितामा बृहत -याली बनेपा बजार परिक्रमा गरेको थियो । महोत्सवमा बाँसबाट निर्मित कलात्मक वस्तु, हातले बुनेका कपा, खुवा, फलफूल, अर्गानिक मल, जुत्ता, खेलौना, सूचना प्रविधि लगायत ५० भन्दा बढी स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवलाई भव्य एवं रोचक बनाउन ख्यातिप्राप्त कलाकारहरु घनश्याम गौतम प्रचण्ड, मरिचमान सिंह बल्छी धुर्वे, गायक गायिकाहरु हरि कर्माचार्य, रामहरि न्यौपाने, मन्दिरा केसी, मच्छेश्वर सापकोटा, श्रीकुमार थापा, निरज पाण्डे लगायत वरिष्ठ संगीतकार सुरेश अधिकारीले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
समापन कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष मीनराज कँडेलले सहकारी महोत्सव भव्य बनेकोमा धन्यवाद दिँदै यस्तो महोत्सवले सहकारीकर्मीहरुलाई थप उर्जा मिल्ने उल्लेख गर्नुभयो । महोत्सव भव्यताका साथ सम्पन्न भएकोमा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष एवं महोत्सव संयोजक शुभप्रसाद अधिकारीले आउँदा दिनमा अझै यस्ता महोत्सव संचालन गर्न प्रेरणा मिलेको बताउनुभयो । महोत्सव प्रचारप्रसार संयोजक विधान जोशीले महोत्सवमा उल्लेख्य सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको र महोत्सव सफल भएको जानकारी दिनुभयो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्