स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १,४०१ पुगेको छ।
शनिवार एकै दिन अहिले सम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको दिन हो। हालसम्म कोरोना संक्रमण बाट निको भएर २१९ जना घर फर्किएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ नमुना परीक्षण भइसकेको छ। गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ नमुनाको पीसीआर परीक्षण भएको छ।
हाल नेपालभर १ लाख १० हजार ७८ जना क्वारिन्टिन रहेका छन् भने १ हजार १ सय ७६ जना आइसोलेशनमा रहेका छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १,४०१ पुगेको छ।
शनिवार एकै दिन अहिले सम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको दिन हो। हालसम्म कोरोना संक्रमण बाट निको भएर २१९ जना घर फर्किएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ नमुना परीक्षण भइसकेको छ। गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ नमुनाको पीसीआर परीक्षण भएको छ।

शेयर गर्नुहोस्