चीनका दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३ सय ६४ नागरिक बोकेर फर्किएका छन्।
चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन्।
एयर चाइनाले १ सय ६२ र चाइना साउदर्नले १ सय ८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। एयर चाइनाको विमान भने काठमाडौँको धावनमार्गमा मोडिन नसकेपछि केहीबेर संकट उत्पन्न भएको थियो।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए। यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्नले ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए।
नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्