समाज

नेपालको कानुन पालना गर्नु, धैर्यपुर्वक बस्नु - चिनियाँ दुतावास

सिंहदरबार अगाडी नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दुतावासले आफ्नो धारणा राखेको छ ।

दुतावासले चिनियाँ नागरिकहरुलाई बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापुवर्क यथास्थान मा बस्न आग्रह गरेको छ ।

चिनियाँ दुतावासले नेपाल प्रहरीसँग सहकार्य र छलफल गरिरहेको नेपालस्थित चिनियाँ दुतावासले शुक्रबार राति विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

चीनले नेपालमा रहेका ३४६ जना आफ्ना नागरिकलाई बिहीबार स्वदेश लगेको थियो । जान नपाएकाहरु आफ्नो देश फिर्ती को माग सहित सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शन उत्रिएका केही चिनियाँ नागरिकले नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

हिजो भएको चिनियाँ र प्रहरी झडपको भिडियो

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।