समाज

सिंहदरबार अगाडी : चिनियाँ र प्रहरी झडप, ४७ जना नियन्त्रणमा [भिडियो]

सिंहदरबारको गेटमा निषेधित क्षेत्र तोडेको तथा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु सबैलाई नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

ती चिनियाँ नागरिकहरु लकडाउनले ४६ दिनदेखि अलपत्र परेका ले घर फर्किन पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लिखित प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएर प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्र र लकडाउनको समयमा प्रदर्शन गर्न थालेपछि प्रहरीले संयमित भ ई रोक्न खोज्दा खोज्दै प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको थियो।

परिसरका एसपी सोमेन्द्रसिंह राठौरले अनुसार ४७ जना चिनियाँलाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।