राजनीति

उपनिर्वाचन - कास्की २ मा नेकपाकी विद्या भट्टराई फराकिलो अन्तरले निर्वाचित

उपनिर्वाचन - कास्की क्षेत्र नम्बर २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा बढी मतले पछि पार्दै बिजयी भएकी छन्।

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९२२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।

विद्या भट्टराई स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् । गत फागुनमा पर्यटनमन्त्री रहेका रविन्द्रको हेलिकप्टर दुर्घटनामा असामयिक निधन भएपछि कास्की २ जनप्रतिनिधिविहीन भएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।