राजनीति

काभ्रे - २ मा एमालेका गोकुल प्रसाद बास्कोटा निर्वाचित

काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९१७ मतान्तरले पराजित गर्दै बास्कोटा विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुमागाईंलाई ५ हजार ९१७ मतान्तरले पछि पार्दै बास्कोटा विजयी हुनुभएको हो। बास्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दा हुमागाईले ३९ हजार ४२८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाई १० हजार ५८६ मतसहित तेस्रो स्थानमा छन्।

बास्कोटा यस अघिको २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं २ बाटै निर्वाचित हुनुभएको थियो। उनले त्यसबेला कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए। बास्कोटाले निर्वाचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो। प्रतिनिधि सभा क्षेत्र नं २ मा बास्कोटासँग १६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो।

काभ्रेका कूल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नं १ लाख ५७ हजार ४ सय ४२ छन्। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जिल्लामा खसेको कूल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नं २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।