राजनीति

काभ्रे-१ख मा ३ मतान्तरले कांग्रेसका तीर्थ लामा निर्वाचित

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा निर्वाचित भएका छन्। २०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रमा विजयी भएका नेकपा (एमाले)का चन्द्र लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन्।

तीर्थले १९ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने चन्द्रले १९ हजार २ सय ७७ मत पाएका छन्। प्रदेश १(ख) मा तीर्थ लामासँगै ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नं १ को प्रदेश(ख) मा ४६ हजार ८ सय ५१ मत खसेको थियो । जिल्लाको कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये प्रदेश १(ख) मा ७६ हजार १ सय ४६ मतदाता रहेका छन्।

क्र.सं उम्मेद्वारप्राप्त मत
तिर्थ बहादुर लामा - नेपाली काँग्रेस१९,२८० - विजयी
चन्द्र बहादुर लामा - नेपाल कम्युनिष्ट पार्टी (एमाले)१९,२७७
सहदेव भण्डारी - राष्ट्रिय प्रजातन्त्र पार्टी३,९५४
बिश्वेश्वर बन्जारा - स्वतन्त्र१,७५९
कृष्ण वहादुर तामाङ - नेपाल मजदुर किसान पार्टी२२२
नरमान लोप्चन - नेपालका लागि नेपाली पार्टी२०८
जनक बहादुर तामाङ - मंगोल नेशनल अर्गनाइजेसन१४५
बुद्ध बहादुर लामा - जनता समाजवादी पार्टी, नेपाल११८
दुर्गा बहादुर घर्ति - स्वतन्त्र५०

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।