समाज

उपनिर्वाचन – भक्तपुरबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका भँडेल विजयी

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्। भक्तपुरमा कांग्रेस उम्मेदवारलाई राप्रपा (संयुक्त) ले सघाएको थियो।

कृष्णलाल भँडेल

कांग्रेसका पूर्वक्षेत्रीय सभापति रहेर काम गरेका भँडेल पहिलो संविधानसभा २०६४ मा उम्मेदवार थिए। भँडेल स्थानीयस्तरमा भिजेका नेता हुन्। भँडेल पछिल्लो समय भक्तपुर क्षेत्र नम्बर १ मा रहेर पार्टीमा सक्रिय थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।