फोटो: नेकपा केन्द्रीय सचिवालयकाे बैठक / सुर्य थापा
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको आन्तरिक विवादबारे छलफल ३ घण्टा लामो चलेको बैठक विना निष्कर्ष टुङ्गिएको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आन्तरिक समस्या, एकताको सुदृढिकरणको महत्व र स्थायी कमिटीबारेमा छलफल भएको छ। उनका अनुसार अब नेकपाको २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।
श्रोतका अनुसार आजको बैठकमा अधिकांंश समय आरोप प्रत्यारोप मै बितेपछि सचिवालय बैठक नै स्थगित गरिएको हो।
अध्यादेश प्रकरणपछि नेकपा भित्र विवाद र गुटबन्दी चर्केको हो। ओलीको विकल्प खोज्न अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम एकै कित्तामा उभिए का छन भने सचिवालय मा अल्पमत मा परेका ओली यो समिकरणलाई भत्काउने प्रयासमा जुटेको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्