१५ वर्षसम्म अनवरत रुपमा क्षेत्रीय सभापति भएका कांग्रेस नेता शंखबुद्ध लामाले कांग्रेस पार्टीको एकीकरण पश्चात पद नै त्याग गरे । २०४८ सालमा सभापतिमा विजयी लामाले त्यस पछिका हरेक अधिबेशनहरुमा विजयी भएरै पदमा बसिरहे । पछिल्लो पटक फुटेको कांग्रेस एक भएपछि अधिबेशनको सम्भावना नै रहेन । जुन आजसम्म हुन सकेको छैन प्रजातान्त्रिक कांग्रेसका महेन्द्रलाल श्रेष्ठलाई सभापति बन्न सहयोग गरे । तैपनि पार्टीको काममा कुनै कमी हुन दिएनन् । पद र पैसाका लागि राजनीतिमा लागेको होईन भनेका लाामाले कुशेश्वर गाविस दुम्जाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् ।
बाबु पञ्चमान लामा र आमा राम्रीमाया तामाङको कोखबाट भिमखोरी गाविस २ मा २०२० साल मंसिर महिनामा जन्मेका शंखबुद्ध चार दाजुभाईका र्साईलो छोरा हुन् । दाई एउटा जर्मनमा स-परिवार लिएर बस्दै आएको धेरै वर्ष वितिसकेको छ । जेठो दाजु र भाई गाउँमै बस्छन् । सानै देखि समाजसेवा र राजनीतिमा चाख राख्ने लामाले सोचाई अनुसारकै काम गरेका छन् । विद्यार्थी जीवन देखि २०३७ सालबाट राजनीति शुरु गर्दा लामा १७ वर्षा थिए । कांग्रेसका क्षेत्रिय सभापति हुँदै महाधिबेशन प्रतिनिधि, जिल्ला विकास समिति सदस्य २०४९ देखि २०५४ सम्म, पार्टी जिल्ला कार्य समिति सदस्य, शान्ति जनआर्दश सेवा क्लवको २०४८ सालदेखि अध्यक्ष, गैसस महासंघ जिल्ला अध्यक्ष २०५६ देखि २०६५ सम्म, हाल पदेन सदस्य, पोक्रा माध्यमिक विद्यालय भिमखोरीको विद्यालय ब्यवस्थापन समिति सदस्य, मंगल जनविजय माध्यमिक विद्यालयका २०४३ सालदेखि निरन्तर सदस्य, संजीवनी उच्च माध्यमिक विद्यालयका पूव सदस्य, वाल कल्याण समिति, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोर्साईटी मंगलटार उपशाखाको संस्थापक सभापति, जिल्ला शाखाको उप मन्त्री, संजीवनी कलेज सदस्य लगायत दर्जन संघ संस्थाहरुमा आबद्ध छन् । त्यही जनआदर्शबाट विभिन्न गाविसहरुमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दै खानेपानीको अभावलाई समेत पूर्ति गर्दै आएका छन् ।
उनी क्षेत्रीय सभापति हुँदा क्षेत्र नं १ बाट दुइ दुइ पटक सांसदमा उठेका हर्षजित लामा पराजित भए । त्यसको आत्मसमीक्षा गर्दै उनले पार्टीलाई रिपोर्टिङ्ग गर्दै उनकै अध्यक्षतामा बसेको बैठकले संविधान सभाको उम्मेदवारका लागि उनको नाम सिफारिस गरेको थियो । धेरै ब्यक्तिहरु सभासद्का लागि छानिएका थिए तर लामाको नाम एक नम्वरमै थियो । माओवादीको युद्धमा समेत नेपाली सेनाले गिरफ्तार गरी वेपत्ता बनाएका लामा ९२ दिनपछि रिहा भएका थिए । विभिन्न संघ संगठनको विशेष दवावका कारण मात्रै सेनाले लामालाई मुक्त गरेको थियो । सेनाको हिरासतबाट मुक्त भइ सार्वजनिक भएपछि लामाले अस्पतालमा उपचार गर्दा लागेको खर्च तिर्नु र माओवादीबाट बच्न चन्दा दिनु एउटै भएको बताएका थिए । सभासद्मा क्षेत्रबाट छानिए पनि केन्द्रले उनको नाममा सिफारिस दिन सकेन । बरु पुव सभापति मधु आचार्यलाई उनको क्षेत्रमा टिकट दिएर पठायो । क्षेत्र नं ३ को ब्यक्ति क्षेत्र नं १ मा उम्मेदवार भएपछि धेरै ठुलो मत अन्तरले मधु हारे । केही साताअघि लामाले आचार्यलाई अन्तर्घात गरेर हराएको तथ्य पत्रिकामा सार्वजनिक भएको थियो । माओवादीले काभ्रे लगायतका जिल्लालाई ताम्सालिङ्ग क्षेत्र घोषणा गरेको, निर्वाचनमा अन्तर्घात गरेको, पार्टी भित्रका विविध समस्याहरुलाई नेतृत्वले ध्यान दिन नसकेको र सामाजिक क्षेत्रका बारेमा लामासँग गरिएको कुराकानीको सारांशः
राजनीति र सामाजिक क्षेत्र कुन चाँहि प्यारो ? दुवै सम्मानजनक क्षेत्र हो । यि दुवै एक अर्काका पुरक हुन् । राजनीति पनि समाजसेवा गर्ने क्षेत्रमा पर्छ । सामाजिक विकास झनै त्यसको सहयोगी हो । दुवै प्यारो भएको छ । दुवैमा उति नै कृयाशिल छु । राजनीतिमा लाग्दा सामाजिक क्षेत्र पनि सँगै अगाडी वढाएको छु ।
तर यहाँको त सामाजिक क्षेत्रमा भन्दा राजनीतिक क्षेत्रमा धेरै योगदान छ नि ? हो । म सामाजिक क्षेत्रमा भन्दा राजनीतिमा धेरै लागेको छु अझ भनौ राजनीतिलाई अगाडी वढाउने क्रममा सामाजिक क्षेत्र पनि सँगै अगाडी वढाएको छु । मुलुकको नीति परिवर्तन गर्ने मुल विषय हो । देशको नीति ठिक भए सबै कुरा ठिक हुन्छ । नीति निर्माणका लागि मेरो राजनीतिमा प्रवेश हो ।
उतिबेला गाउँबाट राजनीतिमा लाग्न त्यति सहज थियो ? राजनीतिमा सहज भन्ने कहिल्यै हुँदैन । असहज परिस्थितिलाई सहज बनाउन सक्नु नै राजनीतिमा लाग्नुको सफलता हो । ब्यक्तिगत रुपमा असहज परिस्थितिका बावजुत पनि राजनीतिमा लागेको थिएँ । देशका लागि राजनीति गर्नु पर्छ भन्ने मेरो लक्ष्य हो । ठुलो पदमा पुग्छु, ऐश आाराम गर्छु, महल बनाउछु र घर परिवार चलाउँछु भन्ने उदेश्य मेरो होईन । हिजो पनि मलाई पारिवारीक हिसावले सहज थियो । आज पनि सहजै छ र भोलि पनि हुनेछ । कुनै स्वार्थ नराखी राजनीति गर्ने ब्यक्तिलाई कुनै समस्या हुन्छ जस्तो लाग्दैन ।
लामो समयसम्म क्षेत्रको जिम्मेवारी लिएर काम गर्नुभयो, तर तपाईको जिम्मेवारी त पार्टीले मुल्यांकन गर्न सकेन ? कुन अर्थमा मुल्याङ्कन गरेको भन्ने ? राजनीतिमा मेरो एउटा कमजोरी छ । त्यो के हो भने म कहिल्यै केन्द्रीय नेताको घरमा चाकडी र चाप्लुसी गर्न जान्न । यति लामो राजनीति जीवनमा कहिल्यै केन्द्रीय नेताको घरमा अवसरका लागि केही माग्न गईन । अब पनि जान्न । म जनताकै विचमा हुन्छु । जनताकै सेवा गर्छु । कुनै नेताको दौराको फेर समाउँदैमा जनताले पत्याउने होईनन् । जनताले पत्याउन जनताकै घरमा, जनताकै विचमा घुलमिल गर्न सक्नु पर्छ । म त्यहि गर्न तयार छु । कसैको अनुहार हर्ेन नजिक राखेको हुन्छ । कोही मान्छे काम गरेर पनि अनुहार देखाउन धाउँदैन । कोही काम नै नगरी अनुहार देखाएका भरमा अवसर लिने हुन्छन् । म त्यो काममा लागेको छैन । निरन्तर २०४८ सिालदेखि क्षेत्रिय सभापति भएर कांग्रेसको जिम्मेवारी कार्यकर्ता र जनतामा लगेको छु । मेरा लागि त्यहि महत्वपर्ूण्ा कुरा हो । चाकडी गर्न नजानेकै कारण म राजनीतिमा ओझेलमा परेको हुँ । सायद तपाईलाई पनि त्यही लागेको हुन सक्छ ।
पार्टी भित्र चाकडी गर्नेले मात्रै अवसर पाउँछन् भन्ने हो ? त्यस्तै देखिएको छ । २०५१ र २०५६ मा मैले हाम्रो पार्टीका नेता तथा उम्मेदवार हर्षजत लामालाई सकेसम्मको सहयोग गरेको हो । थोरै मतले २०५१ सालमा हर्षजत पराजित हुनुभयो । मैले २०५१ र २०५६ मा मलाई उम्मेदवार चाहिन्छ भनेर पार्टीमा दावा गरिन । तर २०६४ सालको निर्वाचनमा मैले उम्मेदवार हुनर्ुपर्छ अब नयाँ ब्यक्तिलाई अवसर दिनर्ुपर्छ भनेर म आफै सभापति भएको क्षेत्रबाट मेरो नाममा र्सवसम्मति जुट्यो । एकजनाको मात्रै नाम पठाउँदा पार्टी भित्र धेरै कार्यकर्ताहरुको आंकाक्षा हुन सक्छ भनेर अन्य केहि ब्यक्तिहरुको नाम सिफारिस गरेर जिल्लामा पर्ठाईएको थियो । १३ जनामा १ नम्वरमा मेरो नाम थियो । दर्ुभाग्यवश मेरो नाम पार्टीले छान्न सकेन । मलाई आत्मग्लानी छैन । मेरो पार्टीमा कुनै योगदान कमी भएको छैन । टिकट पाईन भनेर पार्टीको काम छाडेको अवस्था होईन । पदका लागि काम नगरेको ब्यक्ति भएकाले त्यतातिर ध्यान दिईन । तर दुःखको कुरा पार्टीले योगदानको कदर गर्न सकेन ।
तपाईलाई टिकट नदिनुको कारण के हो त ? केन्द्रीय संसदिय समितिमा मेरो बारेमा धेरै कुरा भएको थियो । केही ब्यक्तिहरु मेरो पक्षमा खुलेर लागेका थिए । केही ब्यक्तिले टिकट शंखबुद्धलाई नै दिनर्ुपर्छ भनेका थिए । अधिकांश सदस्यहरु मेरै पक्षमा थिए । ब्यक्ति विशेषले विरोध गरेका आधारमा पार्टीको संसदिय समितिले मलाई टिकट दिने निर्णय गरेन । काभ्रे क्षेत्र नं १ का स्थिति अलिक फरक खालकै थियो । त्यो क्षेत्र अलिक तामाङ जातिहरुको बसोवास भएको क्षेत्र हो । अरु पार्टीहरुले सबै तामाङ जातका उम्मेदवारहरुलाई टिकट दिए । तर विडम्वना कांग्रेसल त्यसो गर्न सकेन । तैपनि सिनारी अर्कै भयो । हाम्रो उम्मेदवारले हार्नुभयो । त्यो अवस्था नै त्यस्तो थियो । ब्यक्ति विशेषको चाकडीमा मेरो नाममा भएको निर्णय हर्टाईएको जानकारी मैले पाएको थिएँ ।
पार्टीको उम्मेदवारलाई तपाईले अन्तर्घात गर्नुभयो भन्ने कुरा र्सार्वजनिक भयो नि ? त्यसमा सत्यता छैन । २०५१ र २०५६ मा हाम्रो पार्टीबाट उम्मेदवार बनाईएका हर्षजत लामालाई उहाँले देखाउनु भएको ब्यवहार ढाकछोप गर्न मलाई लाञ्छना लगाएको हुन सक्ने मैले अनुमान गरेको छु । मधुजीको ७ हजार मात्रै मत आयो जित्ने लालध्वजजीले २७ हजार ल्याउनुभयो । मधुको मत त्यति पनि आउँदैनथ्यो । त्यो उहाँ खटेर आएको मत होईन । केही मतको अन्तरले मात्रै हारेको भए साथीहरुले अर्न्तघात गरेकी भन्ने शंका उत्पन्न हुन सक्थ्यो । २० हजार मत म एक्लैले अर्न्तघात गर्न सक्ने - त्यसो हो भने मलाई टिकट किन नदिएको - चुनाव त मैले जित्ने रहेछु नि - मधुजीको विश्लेषण एकदम गलत भयो । यो अवस्था त्यस्तो भएन । कांग्रेस कार्यकर्ताहरुले भोट नदिएर मधुलेजिले हारेका होईनन् । मैले अर्न्तघात गरें भन्ने कुरा सरासर झुट हो तर उनले बुझेनन् जस्तो छ शंखबुद्ध लामा नखटेको भए मधुजीको धरौटी समेत जोगिदैनथियो । मधुको धरौटी मैले जोगाईदिएको हुँ । धरौटी जोगाउने काममा म मरेर लागेको थिएँ । अर्न्तघात मैले होईन उहाँले २०५१ सालमै गरेको हो ।
उहाँ आफै यो पटक भोट खसाल्न जानुभएन । अर्न्तघाती म कि उहाँ ? आफू संविधान सभाको ज्ञाता भन्ने तर र् इतिहासमा एकपटक भएको निर्वाचनमा अर्काे क्षेत्रको उम्मेदवार भएँ भन्दैमा आफ्नो क्षेत्रमा मत राख्न नजाने ? कसले गर्यो अर्न्तघात - कांग्रेसको अनौपचारीक वैठकमा भएको सामान्य छलफल पत्रिकामा र्सार्वजनिक भएको छ । त्यो कुराले मलाई त के नै फरक पर्छ र मधु आफैलाई एकर् इन्च तल झारेको छ । वैठकमा मधुजीले पार्टीको ११ औं अधिबेशन अवैधानिक भन्नुभयो । शिव हुमागाई सभापति भएको अधिबेशन अवैधानिक भन्नुभयो । तर उनै शिवले मनोनित गरेको महासमिति सदस्य बैधानिक भन्दै कांग्रेसको बैठकमा जानुभयो - अधिबेशन अबैधानिक हुने - महासमिति सदस्य बैधानिक हुने - अझै उहाँले त्यो पद प्रयोग गरिरहनुभएको छ । उहाँको चरित्र र नैतिकता यहाँबाट नै प्रष्ट हुन्छ । भकुण्डेबाट बल्थली एक घण्टाको बाटोमा भोट हाल्न नजाने - गिरिजाप्रसाद कोईरालाई काठमाडौंबाट विराटनगर जान सक्ने, उहाँ जान नसक्ने - जनताले मधु र शंखबुद्धलाई राम्ररी चिनेका छन् । २०५१ र २०५६ मा गरेको गल्तिको प्रायश्चित उहाँले गर्नुभएको अनुभव मलाई लागेको छ । काभ्रेका जनता, अझ क्षेत्र नं १ का जनताले बुझेका छन् मधुले गरेको हो कि शंखबुद्धले गरेको हो अर्न्तघात - क्षेत्र नं १ का जनताले भनुन् म अहिले कारवाही भोग्न तयार छु । तर मधुले अर्न्तघात गरेको भन्दैमा म कारवाही खान तयार छैन ।
बैठकमा भएको चाँहि के हो ? पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा ढर्ुर्ंखकको महायज्ञमा आउँदा तयारी गर्ने सिलसिलामा अनौपचारिक बैठक मंसिर १४ गते पार्टी कार्यालय बनेपामा बसेको थियो । बैठकमा बोल्ने अधिकांश बक्ताहरुले तयारीका बारेमा वोलिरहेका थिए । केही नेताहरु बोल्न बाँकी रहँदा मधुजी प्रवेश गर्नुभयो । उहाँले राजनीतिक चिन्तन र दर्शनका कुरा छाट्नुभयो । मैले नै उहाँलाई प्रश्न राखेको थिएँ । त्यही महासमिति सदस्य र अधिबेशनका बारेमा करा गरें । संविधान सभामा भोट हाल्न नगएको बारेमा कुरा गरें । उहाँलाई चित्त बुझेनछ । उहाँले सिधै अर्न्तघात गरेको भन्नुभयो । मैले उहाँलाई भनें राजनीतिमा कहिल्यै पाप गर्नु हुँदैन । बर्ेइमान गर्नु हुँदैन । सबै सँग हातेमालो गरेर जानु पर्छ भन्ने मेरो धारणा हो । राजनीति गर्ने नेताले चित्त सानो होईन ठुलो बनाउनर्ुपर्छ । म फेरी दोहोर्याउन चाहन्छुु म नखटेको भए मधुजीले आफुनो धरौटी जोगाउन सक्दैनथिए ।
कांग्रेस एक भएपनि मन एक हुन सकेन भन्ने उदाहरण देखियो नि ? कतैकतै त्यस्तो भएको छ । पार्टी एकीकरण भए पछि धेरै कुराहरु सामुहिक गर्नुपर्छ भन्ने कुरा भएको छ । पार्टी भित्र भएका सामान्य विषयहरु पत्रिकासम्म छापिएपछि केही विवादहरु छताछुल्ल भएका छन् । पत्रिकामा छापिएको समाचारमा श्रोत उल्लेख गर्नुभएको छैन । तैपनि भएका सामान्य कुराहरुलाई प्रकाशमा ल्याएपछि कांग्रेसभित्र केही विवाद छन् कि भन्ने देखाएको छ । संविधान सभाको बारेमा पार्टीमा आत्मसमीक्षा हुनर्ुपर्छ । कसरी त्यत्रो मत फरक भयो - समीक्षाको विषय बन्नर्ुपर्छ । तर मधुजीले विचार गर्नुपर्छ शंखबुद्ध एक्लैले २० हजार मत फरक पार्न सक्यो होला ?
लामो समयदेखि जिल्ला कार्यसमितिको बैठक बस्न सकेको छैन भनिन्छ नि ? विगतमा बस्न नसकिएको यथार्थ हो । अब महाधिबेशन नजिकिदै छ । पार्टीको बैठक, गाउँ अधिबेशन, क्षेत्रिय अधिबेशन र जिल्ला अधिबेशनहरु हुन्छन् । त्यसका लागि बैठक बस्नु अनिवार्य हुनेछ । बैठक बस्नेछ । सामान्य छलफल भईरहेको छ ।
माओवादीको गणराज्य घोषणा प्रति यहाँको धारणा ? माओवादीको कदम गलत हो । एक दलले गणराज्य घोषणा गर्दैमा हुने कुरा होईन । माओवादी एक्लैले देशका भागवण्डा लगाउने हो भने अरु दलको के काम - संविधान सभामा उहाँहरुकै वहुमत छ संविधान सभाबाट भन्दा सडकबाट घोषणा गरेर त्यो राम्रो काम होईन । छिटो भन्दा छिटो गणराज्य घोषणा गरिनर्ुपर्छ । तर माओवादीको कदमबाट होईन संविधान सभाबाट मात्रै । गणराज्य घोषणा पनि जातका आधारमा मात्रै होईन भाषा, क्षेत्र र ऐतिहासिकका आधारमा गणराज्यहरु घोषणा गर्नर्ुपर्छ । माओवादीले हाम्रो राज्य भन्दै अन्य जातका ब्यक्तिहरुलाई प्रवेश निषेध गर्न खोजेको हुन सक्छ । यो संविधान सभामा रहेका ठुला दलहरुको सहमतिमा हुनु पर्छ । माओवादीले एक्लै गर्दैमा हुँने भए अरु दलको के अर्थ - सहमतिको अर्का विकल्प छैन ।
राष्ट्रपतिको कदमका विषयलाई लिएर माओवादी सडकमा छ, के भन्नुहुन्छ ? माओवादीको गलत कदम रोक्न राष्ट्रपतिले १८ दलको अनुरोधमा गरेको कदम हो । २२ दलको जे धारणा छ मेरो धारणा त्यही हो । फेरी म भन्छु २२ दल र माओवादीको सहमति वेगर संविधान र संघियता संभव छैन । २२ दलको निर्णय राष्ट्रका नाममा गरेको निर्णय हो । यो परिवर्तन गर्नु हुँदैन । माओवादीले खोजेको सत्ता कब्जाको सपना अन्य दलले पुरा हुन दिएनन् ।
यही अवस्थामा संविधान बन्छ ? सम्भावना कम हुँदै गएको छ । माओवादी आफैले संविधान सभामा अवरोध गरेर सडकबाट गणराज्यहरु घोषणा गर्दै हिडेको छ । उसैलाई विश्वास लाग्न छाडिसकेको छ । ठुला प्रमुख तीन दल बसेर संविधान निर्माणका बारेमा सहमति बनाउनु पर्छ । अहिले दलहरु भन्दा जनता चिन्तित छन् । तपाई हाम्रो क्षेत्रबाट खवरदारी गर्नु आवश्यक छ । दलको स्वार्थ भन्दा माथि उठेर राष्ट्रको स्वार्थ सोच्नु पर्छ । अन्यथा देश फेरी भड्खारोमा पर्न सक्छ ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१५ वर्षसम्म अनवरत रुपमा क्षेत्रीय सभापति भएका कांग्रेस नेता शंखबुद्ध लामाले कांग्रेस पार्टीको एकीकरण पश्चात पद नै त्याग गरे । २०४८ सालमा सभापतिमा विजयी लामाले त्यस पछिका हरेक अधिबेशनहरुमा विजयी भएरै पदमा बसिरहे । पछिल्लो पटक फुटेको कांग्रेस एक भएपछि अधिबेशनको सम्भावना नै रहेन । जुन आजसम्म हुन सकेको छैन प्रजातान्त्रिक कांग्रेसका महेन्द्रलाल श्रेष्ठलाई सभापति बन्न सहयोग गरे । तैपनि पार्टीको काममा कुनै कमी हुन दिएनन् । पद र पैसाका लागि राजनीतिमा लागेको होईन भनेका लाामाले कुशेश्वर गाविस दुम्जाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् ।
बाबु पञ्चमान लामा र आमा राम्रीमाया तामाङको कोखबाट भिमखोरी गाविस २ मा २०२० साल मंसिर महिनामा जन्मेका शंखबुद्ध चार दाजुभाईका र्साईलो छोरा हुन् । दाई एउटा जर्मनमा स-परिवार लिएर बस्दै आएको धेरै वर्ष वितिसकेको छ । जेठो दाजु र भाई गाउँमै बस्छन् । सानै देखि समाजसेवा र राजनीतिमा चाख राख्ने लामाले सोचाई अनुसारकै काम गरेका छन् । विद्यार्थी जीवन देखि २०३७ सालबाट राजनीति शुरु गर्दा लामा १७ वर्षा थिए । कांग्रेसका क्षेत्रिय सभापति हुँदै महाधिबेशन प्रतिनिधि, जिल्ला विकास समिति सदस्य २०४९ देखि २०५४ सम्म, पार्टी जिल्ला कार्य समिति सदस्य, शान्ति जनआर्दश सेवा क्लवको २०४८ सालदेखि अध्यक्ष, गैसस महासंघ जिल्ला अध्यक्ष २०५६ देखि २०६५ सम्म, हाल पदेन सदस्य, पोक्रा माध्यमिक विद्यालय भिमखोरीको विद्यालय ब्यवस्थापन समिति सदस्य, मंगल जनविजय माध्यमिक विद्यालयका २०४३ सालदेखि निरन्तर सदस्य, संजीवनी उच्च माध्यमिक विद्यालयका पूव सदस्य, वाल कल्याण समिति, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोर्साईटी मंगलटार उपशाखाको संस्थापक सभापति, जिल्ला शाखाको उप मन्त्री, संजीवनी कलेज सदस्य लगायत दर्जन संघ संस्थाहरुमा आबद्ध छन् । त्यही जनआदर्शबाट विभिन्न गाविसहरुमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दै खानेपानीको अभावलाई समेत पूर्ति गर्दै आएका छन् ।
उनी क्षेत्रीय सभापति हुँदा क्षेत्र नं १ बाट दुइ दुइ पटक सांसदमा उठेका हर्षजित लामा पराजित भए । त्यसको आत्मसमीक्षा गर्दै उनले पार्टीलाई रिपोर्टिङ्ग गर्दै उनकै अध्यक्षतामा बसेको बैठकले संविधान सभाको उम्मेदवारका लागि उनको नाम सिफारिस गरेको थियो । धेरै ब्यक्तिहरु सभासद्का लागि छानिएका थिए तर लामाको नाम एक नम्वरमै थियो । माओवादीको युद्धमा समेत नेपाली सेनाले गिरफ्तार गरी वेपत्ता बनाएका लामा ९२ दिनपछि रिहा भएका थिए । विभिन्न संघ संगठनको विशेष दवावका कारण मात्रै सेनाले लामालाई मुक्त गरेको थियो । सेनाको हिरासतबाट मुक्त भइ सार्वजनिक भएपछि लामाले अस्पतालमा उपचार गर्दा लागेको खर्च तिर्नु र माओवादीबाट बच्न चन्दा दिनु एउटै भएको बताएका थिए । सभासद्मा क्षेत्रबाट छानिए पनि केन्द्रले उनको नाममा सिफारिस दिन सकेन । बरु पुव सभापति मधु आचार्यलाई उनको क्षेत्रमा टिकट दिएर पठायो । क्षेत्र नं ३ को ब्यक्ति क्षेत्र नं १ मा उम्मेदवार भएपछि धेरै ठुलो मत अन्तरले मधु हारे । केही साताअघि लामाले आचार्यलाई अन्तर्घात गरेर हराएको तथ्य पत्रिकामा सार्वजनिक भएको थियो । माओवादीले काभ्रे लगायतका जिल्लालाई ताम्सालिङ्ग क्षेत्र घोषणा गरेको, निर्वाचनमा अन्तर्घात गरेको, पार्टी भित्रका विविध समस्याहरुलाई नेतृत्वले ध्यान दिन नसकेको र सामाजिक क्षेत्रका बारेमा लामासँग गरिएको कुराकानीको सारांशः
राजनीति र सामाजिक क्षेत्र कुन चाँहि प्यारो ?
दुवै सम्मानजनक क्षेत्र हो । यि दुवै एक अर्काका पुरक हुन् । राजनीति पनि समाजसेवा गर्ने क्षेत्रमा पर्छ । सामाजिक विकास झनै त्यसको सहयोगी हो । दुवै प्यारो भएको छ । दुवैमा उति नै कृयाशिल छु । राजनीतिमा लाग्दा सामाजिक क्षेत्र पनि सँगै अगाडी वढाएको छु ।
तर यहाँको त सामाजिक क्षेत्रमा भन्दा राजनीतिक क्षेत्रमा धेरै योगदान छ नि ?
हो । म सामाजिक क्षेत्रमा भन्दा राजनीतिमा धेरै लागेको छु अझ भनौ राजनीतिलाई अगाडी वढाउने क्रममा सामाजिक क्षेत्र पनि सँगै अगाडी वढाएको छु । मुलुकको नीति परिवर्तन गर्ने मुल विषय हो । देशको नीति ठिक भए सबै कुरा ठिक हुन्छ । नीति निर्माणका लागि मेरो राजनीतिमा प्रवेश हो ।
उतिबेला गाउँबाट राजनीतिमा लाग्न त्यति सहज थियो ?
राजनीतिमा सहज भन्ने कहिल्यै हुँदैन । असहज परिस्थितिलाई सहज बनाउन सक्नु नै राजनीतिमा लाग्नुको सफलता हो । ब्यक्तिगत रुपमा असहज परिस्थितिका बावजुत पनि राजनीतिमा लागेको थिएँ । देशका लागि राजनीति गर्नु पर्छ भन्ने मेरो लक्ष्य हो । ठुलो पदमा पुग्छु, ऐश आाराम गर्छु, महल बनाउछु र घर परिवार चलाउँछु भन्ने उदेश्य मेरो होईन । हिजो पनि मलाई पारिवारीक हिसावले सहज थियो । आज पनि सहजै छ र भोलि पनि हुनेछ । कुनै स्वार्थ नराखी राजनीति गर्ने ब्यक्तिलाई कुनै समस्या हुन्छ जस्तो लाग्दैन ।
लामो समयसम्म क्षेत्रको जिम्मेवारी लिएर काम गर्नुभयो, तर तपाईको जिम्मेवारी त पार्टीले मुल्यांकन गर्न सकेन ?
कुन अर्थमा मुल्याङ्कन गरेको भन्ने ? राजनीतिमा मेरो एउटा कमजोरी छ । त्यो के हो भने म कहिल्यै केन्द्रीय नेताको घरमा चाकडी र चाप्लुसी गर्न जान्न । यति लामो राजनीति जीवनमा कहिल्यै केन्द्रीय नेताको घरमा अवसरका लागि केही माग्न गईन । अब पनि जान्न । म जनताकै विचमा हुन्छु । जनताकै सेवा गर्छु । कुनै नेताको दौराको फेर समाउँदैमा जनताले पत्याउने होईनन् । जनताले पत्याउन जनताकै घरमा, जनताकै विचमा घुलमिल गर्न सक्नु पर्छ । म त्यहि गर्न तयार छु । कसैको अनुहार हर्ेन नजिक राखेको हुन्छ । कोही मान्छे काम गरेर पनि अनुहार देखाउन धाउँदैन । कोही काम नै नगरी अनुहार देखाएका भरमा अवसर लिने हुन्छन् । म त्यो काममा लागेको छैन । निरन्तर २०४८ सिालदेखि क्षेत्रिय सभापति भएर कांग्रेसको जिम्मेवारी कार्यकर्ता र जनतामा लगेको छु । मेरा लागि त्यहि महत्वपर्ूण्ा कुरा हो । चाकडी गर्न नजानेकै कारण म राजनीतिमा ओझेलमा परेको हुँ । सायद तपाईलाई पनि त्यही लागेको हुन सक्छ ।
पार्टी भित्र चाकडी गर्नेले मात्रै अवसर पाउँछन् भन्ने हो ?
त्यस्तै देखिएको छ । २०५१ र २०५६ मा मैले हाम्रो पार्टीका नेता तथा उम्मेदवार हर्षजत लामालाई सकेसम्मको सहयोग गरेको हो । थोरै मतले २०५१ सालमा हर्षजत पराजित हुनुभयो । मैले २०५१ र २०५६ मा मलाई उम्मेदवार चाहिन्छ भनेर पार्टीमा दावा गरिन । तर २०६४ सालको निर्वाचनमा मैले उम्मेदवार हुनर्ुपर्छ अब नयाँ ब्यक्तिलाई अवसर दिनर्ुपर्छ भनेर म आफै सभापति भएको क्षेत्रबाट मेरो नाममा र्सवसम्मति जुट्यो । एकजनाको मात्रै नाम पठाउँदा पार्टी भित्र धेरै कार्यकर्ताहरुको आंकाक्षा हुन सक्छ भनेर अन्य केहि ब्यक्तिहरुको नाम सिफारिस गरेर जिल्लामा पर्ठाईएको थियो । १३ जनामा १ नम्वरमा मेरो नाम थियो । दर्ुभाग्यवश मेरो नाम पार्टीले छान्न सकेन । मलाई आत्मग्लानी छैन । मेरो पार्टीमा कुनै योगदान कमी भएको छैन । टिकट पाईन भनेर पार्टीको काम छाडेको अवस्था होईन । पदका लागि काम नगरेको ब्यक्ति भएकाले त्यतातिर ध्यान दिईन । तर दुःखको कुरा पार्टीले योगदानको कदर गर्न सकेन ।
तपाईलाई टिकट नदिनुको कारण के हो त ?
केन्द्रीय संसदिय समितिमा मेरो बारेमा धेरै कुरा भएको थियो । केही ब्यक्तिहरु मेरो पक्षमा खुलेर लागेका थिए । केही ब्यक्तिले टिकट शंखबुद्धलाई नै दिनर्ुपर्छ भनेका थिए । अधिकांश सदस्यहरु मेरै पक्षमा थिए । ब्यक्ति विशेषले विरोध गरेका आधारमा पार्टीको संसदिय समितिले मलाई टिकट दिने निर्णय गरेन । काभ्रे क्षेत्र नं १ का स्थिति अलिक फरक खालकै थियो । त्यो क्षेत्र अलिक तामाङ जातिहरुको बसोवास भएको क्षेत्र हो । अरु पार्टीहरुले सबै तामाङ जातका उम्मेदवारहरुलाई टिकट दिए । तर विडम्वना कांग्रेसल त्यसो गर्न सकेन । तैपनि सिनारी अर्कै भयो । हाम्रो उम्मेदवारले हार्नुभयो । त्यो अवस्था नै त्यस्तो थियो । ब्यक्ति विशेषको चाकडीमा मेरो नाममा भएको निर्णय हर्टाईएको जानकारी मैले पाएको थिएँ ।
पार्टीको उम्मेदवारलाई तपाईले अन्तर्घात गर्नुभयो भन्ने कुरा र्सार्वजनिक भयो नि ?
त्यसमा सत्यता छैन । २०५१ र २०५६ मा हाम्रो पार्टीबाट उम्मेदवार बनाईएका हर्षजत लामालाई उहाँले देखाउनु भएको ब्यवहार ढाकछोप गर्न मलाई लाञ्छना लगाएको हुन सक्ने मैले अनुमान गरेको छु । मधुजीको ७ हजार मात्रै मत आयो जित्ने लालध्वजजीले २७ हजार ल्याउनुभयो । मधुको मत त्यति पनि आउँदैनथ्यो । त्यो उहाँ खटेर आएको मत होईन । केही मतको अन्तरले मात्रै हारेको भए साथीहरुले अर्न्तघात गरेकी भन्ने शंका उत्पन्न हुन सक्थ्यो । २० हजार मत म एक्लैले अर्न्तघात गर्न सक्ने - त्यसो हो भने मलाई टिकट किन नदिएको - चुनाव त मैले जित्ने रहेछु नि - मधुजीको विश्लेषण एकदम गलत भयो । यो अवस्था त्यस्तो भएन । कांग्रेस कार्यकर्ताहरुले भोट नदिएर मधुलेजिले हारेका होईनन् । मैले अर्न्तघात गरें भन्ने कुरा सरासर झुट हो तर उनले बुझेनन् जस्तो छ शंखबुद्ध लामा नखटेको भए मधुजीको धरौटी समेत जोगिदैनथियो । मधुको धरौटी मैले जोगाईदिएको हुँ । धरौटी जोगाउने काममा म मरेर लागेको थिएँ । अर्न्तघात मैले होईन उहाँले २०५१ सालमै गरेको हो ।
उहाँ आफै यो पटक भोट खसाल्न जानुभएन । अर्न्तघाती म कि उहाँ ? आफू संविधान सभाको ज्ञाता भन्ने तर र् इतिहासमा एकपटक भएको निर्वाचनमा अर्काे क्षेत्रको उम्मेदवार भएँ भन्दैमा आफ्नो क्षेत्रमा मत राख्न नजाने ? कसले गर्यो अर्न्तघात - कांग्रेसको अनौपचारीक वैठकमा भएको सामान्य छलफल पत्रिकामा र्सार्वजनिक भएको छ । त्यो कुराले मलाई त के नै फरक पर्छ र मधु आफैलाई एकर् इन्च तल झारेको छ । वैठकमा मधुजीले पार्टीको ११ औं अधिबेशन अवैधानिक भन्नुभयो । शिव हुमागाई सभापति भएको अधिबेशन अवैधानिक भन्नुभयो । तर उनै शिवले मनोनित गरेको महासमिति सदस्य बैधानिक भन्दै कांग्रेसको बैठकमा जानुभयो - अधिबेशन अबैधानिक हुने - महासमिति सदस्य बैधानिक हुने - अझै उहाँले त्यो पद प्रयोग गरिरहनुभएको छ । उहाँको चरित्र र नैतिकता यहाँबाट नै प्रष्ट हुन्छ । भकुण्डेबाट बल्थली एक घण्टाको बाटोमा भोट हाल्न नजाने - गिरिजाप्रसाद कोईरालाई काठमाडौंबाट विराटनगर जान सक्ने, उहाँ जान नसक्ने - जनताले मधु र शंखबुद्धलाई राम्ररी चिनेका छन् । २०५१ र २०५६ मा गरेको गल्तिको प्रायश्चित उहाँले गर्नुभएको अनुभव मलाई लागेको छ । काभ्रेका जनता, अझ क्षेत्र नं १ का जनताले बुझेका छन् मधुले गरेको हो कि शंखबुद्धले गरेको हो अर्न्तघात - क्षेत्र नं १ का जनताले भनुन् म अहिले कारवाही भोग्न तयार छु । तर मधुले अर्न्तघात गरेको भन्दैमा म कारवाही खान तयार छैन ।
बैठकमा भएको चाँहि के हो ?
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा ढर्ुर्ंखकको महायज्ञमा आउँदा तयारी गर्ने सिलसिलामा अनौपचारिक बैठक मंसिर १४ गते पार्टी कार्यालय बनेपामा बसेको थियो । बैठकमा बोल्ने अधिकांश बक्ताहरुले तयारीका बारेमा वोलिरहेका थिए । केही नेताहरु बोल्न बाँकी रहँदा मधुजी प्रवेश गर्नुभयो । उहाँले राजनीतिक चिन्तन र दर्शनका कुरा छाट्नुभयो । मैले नै उहाँलाई प्रश्न राखेको थिएँ । त्यही महासमिति सदस्य र अधिबेशनका बारेमा करा गरें । संविधान सभामा भोट हाल्न नगएको बारेमा कुरा गरें । उहाँलाई चित्त बुझेनछ । उहाँले सिधै अर्न्तघात गरेको भन्नुभयो । मैले उहाँलाई भनें राजनीतिमा कहिल्यै पाप गर्नु हुँदैन । बर्ेइमान गर्नु हुँदैन । सबै सँग हातेमालो गरेर जानु पर्छ भन्ने मेरो धारणा हो । राजनीति गर्ने नेताले चित्त सानो होईन ठुलो बनाउनर्ुपर्छ । म फेरी दोहोर्याउन चाहन्छुु म नखटेको भए मधुजीले आफुनो धरौटी जोगाउन सक्दैनथिए ।
कांग्रेस एक भएपनि मन एक हुन सकेन भन्ने उदाहरण देखियो नि ?
कतैकतै त्यस्तो भएको छ । पार्टी एकीकरण भए पछि धेरै कुराहरु सामुहिक गर्नुपर्छ भन्ने कुरा भएको छ । पार्टी भित्र भएका सामान्य विषयहरु पत्रिकासम्म छापिएपछि केही विवादहरु छताछुल्ल भएका छन् । पत्रिकामा छापिएको समाचारमा श्रोत उल्लेख गर्नुभएको छैन । तैपनि भएका सामान्य कुराहरुलाई प्रकाशमा ल्याएपछि कांग्रेसभित्र केही विवाद छन् कि भन्ने देखाएको छ । संविधान सभाको बारेमा पार्टीमा आत्मसमीक्षा हुनर्ुपर्छ । कसरी त्यत्रो मत फरक भयो - समीक्षाको विषय बन्नर्ुपर्छ । तर मधुजीले विचार गर्नुपर्छ शंखबुद्ध एक्लैले २० हजार मत फरक पार्न सक्यो होला ?
लामो समयदेखि जिल्ला कार्यसमितिको बैठक बस्न सकेको छैन भनिन्छ नि ?
विगतमा बस्न नसकिएको यथार्थ हो । अब महाधिबेशन नजिकिदै छ । पार्टीको बैठक, गाउँ अधिबेशन, क्षेत्रिय अधिबेशन र जिल्ला अधिबेशनहरु हुन्छन् । त्यसका लागि बैठक बस्नु अनिवार्य हुनेछ । बैठक बस्नेछ । सामान्य छलफल भईरहेको छ ।
माओवादीको गणराज्य घोषणा प्रति यहाँको धारणा ?
माओवादीको कदम गलत हो । एक दलले गणराज्य घोषणा गर्दैमा हुने कुरा होईन । माओवादी एक्लैले देशका भागवण्डा लगाउने हो भने अरु दलको के काम - संविधान सभामा उहाँहरुकै वहुमत छ संविधान सभाबाट भन्दा सडकबाट घोषणा गरेर त्यो राम्रो काम होईन । छिटो भन्दा छिटो गणराज्य घोषणा गरिनर्ुपर्छ । तर माओवादीको कदमबाट होईन संविधान सभाबाट मात्रै । गणराज्य घोषणा पनि जातका आधारमा मात्रै होईन भाषा, क्षेत्र र ऐतिहासिकका आधारमा गणराज्यहरु घोषणा गर्नर्ुपर्छ । माओवादीले हाम्रो राज्य भन्दै अन्य जातका ब्यक्तिहरुलाई प्रवेश निषेध गर्न खोजेको हुन सक्छ । यो संविधान सभामा रहेका ठुला दलहरुको सहमतिमा हुनु पर्छ । माओवादीले एक्लै गर्दैमा हुँने भए अरु दलको के अर्थ - सहमतिको अर्का विकल्प छैन ।
राष्ट्रपतिको कदमका विषयलाई लिएर माओवादी सडकमा छ, के भन्नुहुन्छ ?
माओवादीको गलत कदम रोक्न राष्ट्रपतिले १८ दलको अनुरोधमा गरेको कदम हो । २२ दलको जे धारणा छ मेरो धारणा त्यही हो । फेरी म भन्छु २२ दल र माओवादीको सहमति वेगर संविधान र संघियता संभव छैन । २२ दलको निर्णय राष्ट्रका नाममा गरेको निर्णय हो । यो परिवर्तन गर्नु हुँदैन । माओवादीले खोजेको सत्ता कब्जाको सपना अन्य दलले पुरा हुन दिएनन् ।
यही अवस्थामा संविधान बन्छ ?
सम्भावना कम हुँदै गएको छ । माओवादी आफैले संविधान सभामा अवरोध गरेर सडकबाट गणराज्यहरु घोषणा गर्दै हिडेको छ । उसैलाई विश्वास लाग्न छाडिसकेको छ । ठुला प्रमुख तीन दल बसेर संविधान निर्माणका बारेमा सहमति बनाउनु पर्छ । अहिले दलहरु भन्दा जनता चिन्तित छन् । तपाई हाम्रो क्षेत्रबाट खवरदारी गर्नु आवश्यक छ । दलको स्वार्थ भन्दा माथि उठेर राष्ट्रको स्वार्थ सोच्नु पर्छ । अन्यथा देश फेरी भड्खारोमा पर्न सक्छ ।

शेयर गर्नुहोस्