राजनीति

काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामा विजयी

नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापतिमा संस्थापन समूहका तीर्थ लामा विजयी भएका छन्।

दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन्। निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने पौडेलले ७७० मत पाएको निर्वाचन समितिले जनाएको छ।

काभ्रेमा संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको थियो। काभ्रेका पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य शिव हुमागाईले लामालाई सभापतिमा समर्थन गरेका थिए। हुमागाईं काभ्रे कांग्रेसमा प्रभावशाली नेता मानिन्छन्। उनी सिटौला समूहका नेता हुन्।

उपसभापतिमा ठाकुरप्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा माधव ढकाल र गुणराज मोक्तान, सहसचिव रविन्द्रनाथ सिग्देल र समीर व्याञ्जु श्रेष्ठ विजयी भएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।