समाज

गुठी संस्थानका प्रमुख र उपप्रशासक घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

मंगलबार अपरान्ह उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको र मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।