समाज

काभ्रे बसको अध्यक्षमा रत्न

काभ्रे बस ब्यवसायी संघ बनेपाको २५ औ वार्षिक साधारण सभा काठमाडौको होटल शहन्शाह इन्टरनेशनलमा सोमबार राति सम्पन्न भएको छ । अधिबेशनले रत्न श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । समितिमा दिलबहादुर शाही प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष मञ्जुकुमार श्रेष्ठ, सचिव वर्ण शाक्य, कोषाध्यक्ष बालभक्त प्रधान निर्वाचित भएका छन् । त्यस्तै सह सचिवमा मोहनविनोद बजगाई, सह कोषाध्यक्ष सत्यजित भैल, सदस्यहरुमा लखनलाल तुसुजु, धर्मेन्द्र शाक्य, बेनगोपाल श्रेष्ठ, सुजन पोते, सहदेव कर्माचार्य, विरबहादुर लामा, विजय श्रेष्ठ र बुद्धिकुमार कोजु निर्वाचित भए ।

साधारण सभाको बन्द सत्रमा सचिव अनिलकुमाल भैलले संस्थाको कार्य प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रत्न श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।