समाचार सुचना प्रविधि

क्यान काभ्रेको विशेष साधारण सभा सम्पन्न

कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) काभ्रेको विशेष साधारण सभा तथा छैठौं अधिवेशन शनिबार बनेपामा सम्पन्न भएको छ। क्यानका केन्द्रिय सचिव अमृतकुमार पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व क्यान काभ्रेका अध्यक्ष निरन्जन मानन्धरले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष जयराम हुमागाईंले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष निरन्जन मानन्धरले संस्थाको प्रगति विवरण र कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष दिलिपकुमार मुखिया, क्यान काभ्रेका निवर्तमान अध्यक्ष मनोजकुमार न्यौापने, पूर्व अध्यक्ष शेखरनाथ दुलालले मन्तव्य राखेका थिए।

Computer Association of Nepal, Kavre - 6th Executive Board

क्यान काभ्रेको विशेष साधारण सभाले कैलाश पलाञ्चोकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा जयराम हुमागाईं, महासचिव नवराज भुर्तेल, कोशाध्यक्ष बलराम श्रेष्ठ, सचिव दिपक बस्नेत र कार्यसमिति सदस्यमा पवनराज कर्णजित, सुशन राजवंशी, रामचन्द्र न्यौपाने र श्रवणराज आचार्य निर्विरोध निर्वाचित भएका छन्। नव निर्वाचित अध्यक्ष पलाञ्चोकेले नयाँ कार्यसमितिले काभ्रे जिल्लाको सूचना प्रविधिको क्षेत्रमा निरन्तर कार्य गरी संस्थालाई अगाडि बढाउने बताए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।