बोक्सो ँ को आरोपमा कुटपिट गरी गाउँ निकालिएका शिखर आम्बोटे-३ का सूर्यमान लामा बोक्सो को आरोपमा कुटपिट गर्दै गाउँबाट लखेटिएपछि शिखर आम्बोट गाविसको एक परिवार विस्थापित भएको छ । गाउँकै पोते लामा र उनका छोरा सार्कीमानले कुटपिट गरी गाउँमा बस्न नदिएपछि शिखर आम्बोट-३ का ६५ वर्षे सूर्यमान लामाले परिवारै लिएर गाउँ छाडेका हुन् । उनको परिवार अहिले सदरमुकाममा बसेर गुजारा गर्दै आएको छ । 'हामी खेतमा काम गरिरहेका थियौं,' उनले रुँदै कान्तिपुरसँग भने, 'पोते र सार्कीमानले तँ बोक्सो होस् । मेरो भैंसीलाई भेद लगाई बिरामी बनाइस् भन्दै मलाई र छोरा-बुहारीलाई पनि कुटे ।' गत असार २६ गते कुटपिटपछि तुरुन्तै गाउँ नछोडे र अन्त कतै उजुरबाजुर गरे ज्यान मार्ने धम्की दिएको उनले बताए । 'त्यसपछि गाउँ छाडेर हिँड्यौं,' उनले भने । गाउँबाट विस्थापित भएको तीन जनाको उनको परिवार धुलिखेलमा सहयोगका लागि हात फैलाउँदै हिँडिरहेको छ ।
पोतेका बाबु देवानसिंह तत्कालीन गाउँ पञ्चयतको वडाध्यक्ष हुँदा २०३१ सालमा सूर्यमानले ७ सय रुपैयाँ सापटी लिएका थिए । रकम लिएपछि देवानले सूर्यमानको घरबारी कब्जा गरे । सूर्यमानका अनुसार त्यही पैसा तिर्न २० वर्षसम्म देवानको घरमा हली बसेँ । 'श्रीमती पनि उनकै घरमा कपडा धुने, भाँडा माझ्ने, खाना पकाउने, गाई-भैंसीको गोबर सोहर्ने काम गर्थिन्,' उनले सुनाए । लामासँग लिएको ७ सय रुपैयाँ ऋणको २०३३ सालमा साँवा ब्याजसमेत गरी ५ हजार २ सय रुपैयाँ बुझाए तर उनको घरबारी भने फिर्ता भएन । 'आजभोलि भन्दै आलटाल गरे,' उनले भने, 'फिर्ता नगरी उनी मरे, त्यसपछि मैले पनि हलीको काम छोडिदिएँ ।'
आफूसँग भएको दुई रोपनी बारीसमेत देवानको परिवारले कब्जा गरेपछि सूर्यमान परिवारसहित गाउँमै ज्याला मजदुरी र स्थानीय चन्द्रबहादुर लामाको खेत कमाई छाप्रो बनाई जीवन निर्वाह गर्दै आएका थिए । 'देवान सिंले कब्जामा राखेको मेरो घरबारी आफ्नो नाममा गराइसकेको रहेछ,' उनले भने, 'ऊ मरेपछि उसकी श्रीमती रानी र छोरा पोतेले त्यो जग्गा आफ्नो नाममा नामसारी गरे ।' २ रोपनी आफ्नो जग्गा उनीहरूले हडपेपछि न्यायको माग गर्दै उनले धेरैलाई हारगुहार गरे पनि तर उनको कुरा कसैले सुनेनन् ।
अहिले उही देवानको परिवारबाटै गाउँ निकाला हुनु परेको दुखेसो सूर्यमानले सुनाए । उनी न्यायको खोजीमा धुलिखेल र राजधानीका गल्लीहरूमा भौंतारिँदैछन् । 'जसरी भए पनि न्याय दिलाइदिनु पर्यो,' उनले अनुरोध गरे ।
गाउँ निकालापछि उनले जीउ ज्यान सुरक्षा र आफ्नो घरबारी फिर्ता गराइदिन साउन १२ गते जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । निवेदन दर्ता भएपछि प्रशासन कार्यालयले दोषीलाई पक्राउ गर्न प्रहरीलाई पत्रै लेखेर निर्देशन दिइसकेको छ । 'पोते र उसको छोरा सार्कीमानलाई खोजिरहेका छौं,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने, 'छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछौं ।' पीडित सूर्यमानले प्रशासन कार्यालयमा निवेदन हालेको थाहा पाउनेबित्तिकै पोते र सार्कीमान फरार छन् ।
- मनोज बस्नेत
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
शिखर आम्बोटे, श्रावण २६,
बोक्सो को आरोपमा कुटपिट गर्दै गाउँबाट लखेटिएपछि शिखर आम्बोट गाविसको एक परिवार विस्थापित भएको छ । गाउँकै पोते लामा र उनका छोरा सार्कीमानले कुटपिट गरी गाउँमा बस्न नदिएपछि शिखर आम्बोट-३ का ६५ वर्षे सूर्यमान लामाले परिवारै लिएर गाउँ छाडेका हुन् । उनको परिवार अहिले सदरमुकाममा बसेर गुजारा गर्दै आएको छ । 'हामी खेतमा काम गरिरहेका थियौं,' उनले रुँदै कान्तिपुरसँग भने, 'पोते र सार्कीमानले तँ बोक्सो होस् । मेरो भैंसीलाई भेद लगाई बिरामी बनाइस् भन्दै मलाई र छोरा-बुहारीलाई पनि कुटे ।' गत असार २६ गते कुटपिटपछि तुरुन्तै गाउँ नछोडे र अन्त कतै उजुरबाजुर गरे ज्यान मार्ने धम्की दिएको उनले बताए । 'त्यसपछि गाउँ छाडेर हिँड्यौं,' उनले भने । गाउँबाट विस्थापित भएको तीन जनाको उनको परिवार धुलिखेलमा सहयोगका लागि हात फैलाउँदै हिँडिरहेको छ ।
पोतेका बाबु देवानसिंह तत्कालीन गाउँ पञ्चयतको वडाध्यक्ष हुँदा २०३१ सालमा सूर्यमानले ७ सय रुपैयाँ सापटी लिएका थिए । रकम लिएपछि देवानले सूर्यमानको घरबारी कब्जा गरे । सूर्यमानका अनुसार त्यही पैसा तिर्न २० वर्षसम्म देवानको घरमा हली बसेँ । 'श्रीमती पनि उनकै घरमा कपडा धुने, भाँडा माझ्ने, खाना पकाउने, गाई-भैंसीको गोबर सोहर्ने काम गर्थिन्,' उनले सुनाए । लामासँग लिएको ७ सय रुपैयाँ ऋणको २०३३ सालमा साँवा ब्याजसमेत गरी ५ हजार २ सय रुपैयाँ बुझाए तर उनको घरबारी भने फिर्ता भएन । 'आजभोलि भन्दै आलटाल गरे,' उनले भने, 'फिर्ता नगरी उनी मरे, त्यसपछि मैले पनि हलीको काम छोडिदिएँ ।'
आफूसँग भएको दुई रोपनी बारीसमेत देवानको परिवारले कब्जा गरेपछि सूर्यमान परिवारसहित गाउँमै ज्याला मजदुरी र स्थानीय चन्द्रबहादुर लामाको खेत कमाई छाप्रो बनाई जीवन निर्वाह गर्दै आएका थिए । 'देवान सिंले कब्जामा राखेको मेरो घरबारी आफ्नो नाममा गराइसकेको रहेछ,' उनले भने, 'ऊ मरेपछि उसकी श्रीमती रानी र छोरा पोतेले त्यो जग्गा आफ्नो नाममा नामसारी गरे ।' २ रोपनी आफ्नो जग्गा उनीहरूले हडपेपछि न्यायको माग गर्दै उनले धेरैलाई हारगुहार गरे पनि तर उनको कुरा कसैले सुनेनन् ।
अहिले उही देवानको परिवारबाटै गाउँ निकाला हुनु परेको दुखेसो सूर्यमानले सुनाए । उनी न्यायको खोजीमा धुलिखेल र राजधानीका गल्लीहरूमा भौंतारिँदैछन् । 'जसरी भए पनि न्याय दिलाइदिनु पर्यो,' उनले अनुरोध गरे ।
गाउँ निकालापछि उनले जीउ ज्यान सुरक्षा र आफ्नो घरबारी फिर्ता गराइदिन साउन १२ गते जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । निवेदन दर्ता भएपछि प्रशासन कार्यालयले दोषीलाई पक्राउ गर्न प्रहरीलाई पत्रै लेखेर निर्देशन दिइसकेको छ । 'पोते र उसको छोरा सार्कीमानलाई खोजिरहेका छौं,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने, 'छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछौं ।' पीडित सूर्यमानले प्रशासन कार्यालयमा निवेदन हालेको थाहा पाउनेबित्तिकै पोते र सार्कीमान फरार छन् ।
-
मनोज बस्नेत

शेयर गर्नुहोस्