राजनीति

एमाओवादी काभ्रेमा जातीयता लविङ्ग

UCPN-Maoistएमाओवादी काभ्रेले २१ वर्षपछि पार्टीको गाउँ अधिबेशन सम्पन्न गर्यो । ८७ गाउँ कमिटी, तीन नगर कमिटी र चारवटा क्षेत्रिय कमिटीको अधिबेशन सम्पन्न गरेको एमाओवादी जिल्ला भेला वा अधिबेशन गर्ने निर्णयमा पुग्न सकेको छैन ।

केन्द्रमा पदाधिकारीको ब्यवस्था भए पनि जिल्लामा अझै त्यसको ब्यवस्था भएको छैन । केन्द्रिय महाधिबेशन हुनै नै भए २ सय ५० संगठित सदस्य बराबर एक प्रतिनिधिका दरमा ३२ जना प्रतिनिधि जान पाउने सम्भावना छ । राज्य समिति सदस्य समेत भैसकेका नेताहरु क्षेत्रिय अध्यक्ष बनेका छन् । महाधिबेशन आयोजक समितिका सदस्यका परिवारले निर्वाचनमा हार ब्यहोर्नु परेको छ । जिल्ला कमिटीले ब्यक्ति तोकेर पदमा पठाएका ब्यक्तिलाई कार्यकर्ताहरुले हराइदिएका छन् । माओवादी भित्र पनि लोकतान्त्रिक अभ्यास शुरु भएको भनिए पनि नेताद्वारा निर्देशित ब्यक्तिहरुले अझै हैकम चलाइरहेका छन् । माओवादीका तीनै नगरमा नेतृत्वका लागि लामो समय देखि विवाद रहँदै आएको थियो । नेतृत्वमा विवाद भएपछि पनौतीमा पटक–पटक सेक्रेटरी परिवर्तन गरिएको थियो । धुलिखेलमा बाहिरबाट सेक्रेटरी खोजेर ल्याइएको थियो । बनेपामा सेक्रेटरी विरुद्ध भए पनि पार्टी भित्रकै प्रतिपक्षी कमजोर थिए ।

पनौतीमा भएको नगर सम्मेलनबाट माओवादीको संगठित सदस्य समेत नरहने गरी राजिनामा दिएका प्रभुराम केसी अध्यक्ष भए । उनका विरुद्ध द्धारिकादास श्रेष्ठले आफु समेतको ४ मत ल्याएपछि अध्यक्षमा विजयी भएका केसीले आफनो मत द्धारिकालाई लिएर लज्जा गराइदिए । माओवादीको नगर र गाउँ २१ सदस्यिय कमिटी हुने गरेको छ भने ३५ सदस्यिय क्षेत्रिय कमिटी गठन गर्ने ब्यवस्था छ । सेक्रेटरीमा रामदास सुवाल सर्वसम्मत भए । प्रभुराम उपाध्यक्ष भट्टराई निकटका हुन् ।

बनेपामा तुलसी नारायण श्रेष्ठ अध्यक्षका विरुद्ध रञ्जितसिं कपालीले ६ मत प्राप्त गरे । सचिवमा भैरव केसी सर्वसम्मत भए । तुलसी नारायण श्रेष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन् ।

धुलिखेलमा प्रतिनिधि चयन गर्दै भट्टराई र नारायणकाजीको समुह बाहिरिएपछि संस्थापन समुहका पृथ्वी थापा र प्रभुराम तखाँक्षे सचिवमा निर्विरोध भए ।

क्षेत्र नम्वर १ मा राज्य समिति सदस्य उदिप जेवी आले अध्यक्ष भए । उनका विरुद्ध जिल्ला कमिटीले नोर्वु लामालाई अगाडी सारेको थियो । सचिवमा टाँसी लामा निर्वाचित भए ।

क्षेत्र नम्वर २ मा संस्थापनका दैवलाल घिसिङ्ग अनुशिल अध्यक्ष भए भने धावा लामा सचिव भए । सचिवमा केन्द्रिय महाधिबेशन आयोजक कमिटीका सदस्य पदम लामाको बहिनी कविता लामा पराजित भइन् ।

त्यस्तै क्षेत्र नम्वर ३ मा वाइसिएल अध्यक्ष पेमा लामाले कृष्णबहादुर भण्डारी शिशिरलाई ७ मतले पराजित गरे । भण्डारीको १४ मत प्राप्त भयो भने पेमाको २१ मत प्राप्त भयो । त्यस्तै सचिवमा रिता ढकाल धरिनाले १८ मत ल्याइन् भने होइसार तामाङ राजिवले १७ मत ल्याए । होइसार र शिशिर जिल्ला कमिटीको प्रस्तावित उम्मेदवार थिए । क्षेत्र नम्वर ३ को विवाद पार्टीको मुखपत्र जनप्रतिरोधमा देखिएको छ । शिशिर सम्पादक रहेको उक्त पत्रिका तीन साता देखि बन्द छ ।

क्षेत्र नम्बर ४ मा नारायण बानियाँ दिपेश अध्यक्षमा निर्वाचित भए । विकास श्रेष्ठ सचिवमा निर्विरोध निर्वाचित भए । उनिहरु दुवै संस्थापन निकट छन् । एमाओवादीमा पछिल्लो समय जातका आधारमा समुह निर्माण हुन थालेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।