वर्षौदेखि बनेपामा हुँदै आएको कन्यापुजामा आज करिब आठ हजार कन्याहरु पुजिएका छन् । बनेपामा रहेको सनातन कन्या पुजा प्रबन्ध समितिले हरेक वर्ष कृष्णजन्माष्टमीका दिनमा जस्तै यस वर्ष आज आयोजना गरेको कन्या पुजामा करिब आठ हजार कन्याहरु पुजिएको समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए
कन्याहरुलाई पुजिएको खण्डमा कन्याहरु पनि निरोगी हुनुको साथै पुज्ने मानिसलाई पनि राम्रो हुने विश्वासका साथ काभ्रेको बनेपामा एक सय ११ वर्षदेखि कन्या पुजा गरिँदै आएको पाइन्छ । बनेपालीहरुले विक्रम संवत १९५९ देखि रजस्वला नभएका कन्याहरुको पुजा गर्दै आएको सचिव बैद्यले जानकारी दिए । आज भएको कन्या पुजामा सहभागि हुनका लागि काभ्रेको बनेपा, नाला, पनौतीका आसपासका गाउँका साथै काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक जिल्लाबाट समेत कन्याहरु बनेपामा आएका थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बनेपा, २५ साउन,

शेयर गर्नुहोस्