अर्थ

दुई वर्षमा हुण्डाईको दुई सय २५ कार विक्री

बनेपा,

ब्यापारीक शहर बनेपामा पछिल्लो समय कारको विक्री ह्वात्तै बढेको छ । विगतमा कार खरिद गर्न राजधानी जाने गरेका उपभोक्ताहरुले बनेपाकै शो रुमबाट सुविधा सहितको कार खरिद गर्न पाएपछि कारको विक्री संख्या बढेको हो ।

हुण्डाई कम्पनीले मात्रै बनेपाको शो रुमबाट दुई वर्षमा २ सय २५ वटा कार विक्री गरेको स्ट्याण्डर्स अटो मोवाइल्सका कार्यकारी निर्देशक सुरकृष्ण बैद्यले बताए । प्रालीले एक्सचेन्ज र फाइनान्सको सुविधा उपलब्ध गराएपछि कार प्रयोगकर्ताहरु बढेका हुन् । यस अघि हुण्डाइ कम्पनीका १२ सय सिसी क्षमताका कारहरु विक्री गरेको स्ट्याण्डर्स अटोमोवाइल्सले विहिबारबाट ८ सय सिसी क्षमताका कम मुल्यका कारहरुको विक्री शुरु गरेको छ ।

केहि समय अघिसम्म ठुला सवारी साधनको नगरी भनेर चिनिने बनेपा अहिले कार पारखीहरुको शहरका रुपमा चिनिन थालेको छ । कम आय भएका सर्वसाधारणहरुले समेत उक्त कार खरिद गर्न सक्ने छन् । हुण्डाइ कम्पनीले पहिलो पटक ८ सय सिसी क्षमताको प्रति लिटर इन्धन बराबर २१ किलोमिटर माइलेज दिने छ । बनेपामा उक्त कारहरुको विक्री शुरु भएपछि कम खर्चमा उपभोक्ताहरुले कार चढ्ने सपना पुरा गर्नेछन् । उपभोक्ताहरुका लागि प्रर्दशनीमा राखिएका कारहरु मध्ये सबै भन्दा कम इअन डिलाईट १३ लाख ९६ हजार मुल्य रहेको छ । ग्राहकहरुको सुविधाका लागि एक वर्षको विमा निशुल्क र नगद १० हजार छुट दिने ब्यवस्था गरेको छ भने फाइनान्सको समेत सुविधा उपलब्ध गराएको छ । स्ट्याण्डर्स अटो मोवाइल्सका कार्यकारी निर्देशक सुरकृष्ण बैद्यले शो रुममा भएका मध्ये सबै भन्दा धेरै मुल्य फुल अप्सन भएको स्पोर्टस गाडीको १८ लाख ५६ हजार रहेको जानकारी दिए ।

प्रर्दशनीको उद्घाटन लक्ष्मी इन्टरकन्टिनेटल प्रालीका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्याल, उद्योग बाणिज्य संघ काभ्रेका अध्यक्ष दियेशरत्न शाक्यले शो रुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रर्दशनीमा इअन डिलाइट, इअन डिलाइट प्लस, इअन इरा प्लस, इअन स्पोर्टस मोडलका कारहरु राखिएका छन् । कम्पनीका सिनियर ब्यवस्थापक रुपेश शर्मा भट्टले शो रुपमा भएका कारहरुको सुविधाका बारेमा जानकारी गराएका थिए ।

हुण्डाइ कम्पनीका विभिन्न मोडलका गाडीहरु विक्री गर्दै आएको स्ट्याण्डर्स अटो मोवाइल्सले यस अघि बनेपामा मात्रै २ सय २५ वटा कारहरु विक्री गरिसकेको छ । पुरानो सवारी साधन भएका ग्रँहकहरुका लागि एक्सचेन्ज अफर समेत राखिएको बैद्यले जानकारी गराए ।

Photo Credit: laxmihyundai

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।