अर्थ

महिन्द्राले खोल्यो बनेपामा शो-रुम


महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले काभ्रेको बनेपामा शो-रुम खोलेको छ ।

महिन्द्राका युटिलिटी तथा पिकअप गाडिहरु रहने शो-रुमबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टसको सुविधा उपलब्ध हुने बताइएको छ । शो-रुमबाट गाडि बिक्री गर्नेमात्र नभई ग्राहकहरुलाई ‘युनिक सपिङ एक्स्पेरियन्स’ दिने लक्ष्य रहेको कम्पनीका बरिष्ठ प्रबन्धक रामेश्वर महर्जनले बताए ।

महिन्द्राका नेपालभरिका सबै शो-रुम तथा सर्भिस सेन्टरबाट ग्राहकलाई कुनै पनि सेवा लिँदा सहजता महशुस हुने वातावरण निर्माण गरेको कम्पनीको दाबी छ ।

महिन्द्राले हालैमात्र नयाँ पुस्ताको महिन्द्रा स्कारपियो सार्वजनिक गरेको छ । जुन गाडी बनेपा शो-रुमको मूख्य आकर्षणका रुपमा रहने बताइएको छ । यसका साथै शो-रुममा महिन्द्रा एक्सयुभी ५००, महिन्द्रा क्वान्टो, महिन्द्रा पिकअप लगायतका गाडीहरु राखिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।