समाज

बनेपामा रेयुकाइको आँखा अस्पताल भवन शिल्यान्यास

काभ्रेको बनेपामा आज विहान रेयुकाइको आँखा अस्पताल भवन शिल्यान्यास भएको छ। बनेपा नगरपालिका वडा नम्बर ११ बुडोलमा अवस्थित एइको मासुनागा आँखा अस्पतालको शिल्यान्यास प्रमुख अतिथी युराशिया रेयुकाइका संस्थापक अध्यक्ष एवं अस्पतालका संरक्षक जापानिज नागरिक युशुन मासुनागा दम्पतीले गर्नुभएको थियो।

आँखा अस्पतालको कुल लागत ६ करोड ६३ लाख लाग्ने बताइएको छ। रोटरी क्लब धुलीखेल तथा सिडिआरए नेपालको सम्युक्त लगानीमा निमार्ण हुने भवनबाट काठमाडौबाट पुर्वतर्फपर्ने जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, जिल्लाका स्थानियहरुले आँखाको उपचार सहज रुपमा गर्न पाउने छन।

कार्यक्रममा अशोक कुमार श्रेष्ठबाट प्रमुख अतिथी एवं संरक्षक मासुनागालाई पहिलो किस्ता स्वरुप रु ५० लाखको चेक हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रममा उपस्थित हुनु भएका नेत्र विशेषज्ञ तथा अस्पतालका सल्लाहकार प्राध्यापक डाक्टर शशाँक कोइरालाले आखाँ अस्पतालको निमार्णबाट पुर्वी पहाडाी जिल्लामा बसोवास गर्ने आम नागरिकले राहत पाउने बताउनुभयो।

रेयुकाईले सन्चालन गरेको स्वास्थ्य शिविरकाट ५बर्षको अबधीमा ४९ हजार १ सय जनाले लाभ प्राप्त गरिसकेका छन। हालसम्ममा २३०६ जनाको शल्यक्रिया भइसकेको छ। २४३ पटक शिविर सन्चालन भइसकेको छ। कुल १ लाख ३१ हजार जनाले उपचार प्राप्त भइसकेको रेयुकाइले जनाएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।