जिल्लाका तीन नगरपालिका बनेपा, पनौती र धुलिखेलका करिव ९३ हजार जनताका लागि खानेपानीको सम्झौता भएको छ । सन् २०२४ सम्म प्रति सेकेण्ड ७७.७३ लिटरका दरले उपलब्ध हुने खानेपानी आयोजना तीन वर्षमा सम्पन्न हुने छ । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका निर्देशक अशोक ब्याञ्जुका अनुसार आयोजनाका लागि नेपाल सरकार, एशियाली विकास बैक, नगर विकास कोष, तीनवटा नगरपालिका र स्थानीय जनसहभागितामा उक्त आयोजना सम्पन्न हुनेछ ।
८७ करोड ५२ लाख कुल लागत रहेको उक्त आयोजना जिल्लाकै पहिलो र महत्वपूर्ण योजना हो । नेपाल सरकार र एशियाली विकास बैकको ५० प्रतिशत अनुदान, कोषको ३५ प्रतिशत ऋण र १५ प्रतिशत जनसहभागिता मार्फत हुने उक्त आयोजनाबाट खानेपानी नपाएर काकाकुल भएका नगरवासिहरु लाभान्वित हुनेछन् । आयोजना ब्यवस्थित गर्न नेपाल सरकारले काभ्रे उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड गठन गरिसकेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजनाका ब्यवस्थापक कोषनाथ अधिकारीका अनु्सार नगरपालिकासूग जोडिएका कुशादेवी र भुमेडाूको मुलडोलवाट प्रति सेकेण्ड ३५ लि., सिसाखानीवाट प्रति सेकेण्ड २५ लि., बैरामहादेववाट प्रति सेकेण्ड ७.५ लि., गुडगुडेवाट प्रति सेकेण्ड ५ लि. र खारखोलावाट प्रति सेकेण्ड ५.२३ लि. गरी जम्मा ७७.७३ प्रति सेकेण्ड अर्थात् ६७ लाख १५ हजार ८ सय लि. प्रति दिन पानी ल्याइने छ ।
आयोजना सम्पन्न भएपछि सन् २०२४ मा बनेपामा बसोवास गर्ने करिव ३६ हजार ६ सय ८८ जनता लाभान्वित हुने छन् । जस अनुसार बनेपामा १ हजार ४ सय ९७ वटा नयाू धारा जडान गरिने छ भने १ हजार ५ सय ५ वटा धारालाई सुधार गरिने छ । पनौतीका करिव ३६ हजार ८ सय ८३ जनता लाभान्वित भई १ हजार ७ सय ९१ नयाू धारा जडान गरिनेछ । करिव ४ सय वटा धारामा सुधारको कार्यक्रम राखिने छ भने धुलिखेलमा यो आयोजनावाट १ हजार ७ सय २० वटा नयाू धारा जडान भई १९ हजार २ सय ५९ जनता लाभान्वित हुनेछन् ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ, एनेकपा माओवादीका सन्तोष केसी, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेल, धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपाली लगायतले एकिकृत खानेपानीमा नगरपालिकाहरुको भूमिकाका बारेमा जानकारी दिएका थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्