रयाले/काभ्रेको दक्षिण भेग रयाले गाविसका कृषकहरु पशुको साल नझर्ने रोगबाट पीडित बन्न थालेका छन् । एकपटक पशु ब्याएपछि अर्काेपटक पशुको गर्भ रहन छाडेपछि कृषकहरु चिन्तामा डुबेका छन् ।
केहि वर्ष देखि पशुहरुमा देखिएको उक्त रोगका कारण गाविसका करिव ८ सय घर धुरीका कृषकहरु समस्यामा परेका हुन् । पशुहरुको साल नझर्दा वर्षेनी पशु गर्भधान हुन नसक्ने, पटक–पटक उल्टने, पशुहरुको शरिर जिर्ण हुूदै जाने, दिन सक्ने जति दुध दिन नसक्ने जस्ता समस्याबाट पशु नै बेच्नुपर्ने अवस्था आउन थालेको कृषक गुणनीधि सापकोटाले बताए । विशेषगरी पशुको सरसफाइ, पशुले खाने घा“स र पशुलाई गर्भधानका बेला प्रयोग गराउने गोरु, सा“ढे र रा“गो स्वस्थ नहुूदा पशुहरुमा त्यस्तो रोग देखा पर्ने पशु स्वास्थ्य प्राविधिक धुर्व हुमागाइले बताए । रयालको अधिकांश पशुहरुमा पछिल्लो समय त्यस्तै समस्याका कारण कृषकहरु पशुपालनबाट पलायन हुने अवस्था आउन थालेको छ । पहिलो पटक १५ लिटर दुध दिने पशुले दोश्रो पटक आधा मात्रै दुध दिने गरेको कृषक रामचन्द्र सापकोटाले जानकारी दिए ।
दैनिक ५ हजार ५ सय लिटर दुध बजारमा विक्रीका लागि पठाउने रयाले गाविसमा अझै ब्यवसायीक पशुपालन हुन सकेको छैन । घर घरमा आफु खुशी पालेका पशुहरुको पनि राम्रो स्वास्थ्य परिक्षण हुन नसक्दा कृषकहरु बैकल्पिक ब्यवसायको सोचमा लागेका छन् । हरियो घा“सको सट्टा धानमा राखिएको विषादी भएको पराल, ढुटो र दानाका कारण पशुहरुले प्राप्त गर्ने पौष्टिक तत्व समेत प्राप्त नहुूदा पशुहरुमा साल नझर्ने रोग आएको हुन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । पशुहरुमा देखिएको उक्त रोगलाई न्युनिकरण गर्न कृषकहरुले पशुहरुको सरसफाई र खानपानमा विशेष जोड दिनु पर्ने हिमालय भेटेरिनरी क्लिनीक एण्ड ल्यावका डा. हरिकृष्ण थापाले जानकारी दिए । ‘कृषकहरुले पालेको पशुमा साल नझर्ने रोग ब्रुसेलोसिस भएको हो’–डा. थापाले भने । ‘गाइ बस्तुका लागि हरियो घाूस नै महत्वपुर्ण हो, हरियो घाूस धेरै खाने बस्तुहरु यो रोगबाट बच्न सक्छन्’–उनले भने । पशुहरुको स्वास्थ्यमा ख्याल पु¥याउने हो भने आधा रोग लाग्नबाट पशुहरु बच्न सक्ने थापाले बताए । कृषकहरुले पशुहरुका लागि उपयुक्त हुने घाूस समेत चिन्न नसकेकाले पशुहरुको स्वास्थ्यमा थप समस्या उत्पन्न भएको कृषक गुणनाथ सापकोटाले बताए । ‘कान्लामा उम्रिएका सबै हरिया घाूसहरु पशुृका लागि उपयुक्त हुूदैनन तर कृषकहरु हरियो घाूस देख्ने वितिक्कै पशुहरुलाई खुवाउन तयार हुन्छन् । यसले पशुमा अनेकथरी रोग लाग्छ’–डा. थापाले भने ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्