समाज

बाछो काटेपछि कुशादेवीमा तनाव

कुशादेवी,

गाई काटेको विषयमा भनाभन हुदा दुई युवाले ५० वर्षिय बृद्धलाई आक्रमण गरेपछि गाउमा तनाव उत्पन्न भएको छ । कुशादेवी गाविस–५, नागिगाउका २२ वर्षिय पुण्यप्रसाद आचार्य र सोहि ठेगानाका २१ वर्षिय श्याम आचार्यले आफ्नै काका पर्ने इन्द्रप्रसाद आचार्यलाई मंगलबार विहान दुध डेरीमा मरणासन्न हुने गरी पिटेका हुन् । साउन २२ गते सोमबार सोहि गाविसका विष्णु थापाले ति दुई युवालाई ५ सय नगद र गाइको बाछो दिएर पठाएका थिए । युवाहरुले सोहि दिन कुशादेवी गाविसकै वडा नं ९ मा रहेको चामखोलाको जंगलमा काटेर फालिदिएका थिए ।

"दुध लिएर डेरी आउदै गरेका इन्द्रप्रसादलाई पुण्यप्रसादले एक्कासी हानेर भुइँमा ढाले, त्यसपछि सगै रहेका श्यामले खुट्टै खुट्टाले हानेर मरणासन्न बनाए" इन्द्रका दाजु शिवले भने । "म छुट्ट्याउन जादा घरमा गएर खुकुरी ल्याएर काट्छु भन्दै आक्रमण गरिरहे" – उनले भने । तत्कालै भेला भएका स्थानीयहरुले दुवै युवालाई आक्रमण गरी समाएर कुशादेवी प्रहरी चौकीमा बुझाएका थिए । तिनै जना स्थानीय डेरीबाट दुध बोकेर कुशादेवीको बजारसम्म ल्याउने काम गर्दै आएका थिए । जाने आउने क्रममा गाई काटेर किन अपराध गरेको? यो त हाम्रो हिन्दु धर्म अनुसार पुजा गर्ने लक्ष्मी भगवान भन्दै इन्द्रप्रसादले गुनासो गरेका थिए । गाइ काट्नेलाई कारवाही समेत हुन्छ भन्ने हल्ला फैलिएपछि थाहा पाउने इन्द्रप्रसादलाई केहि दिन देखि ज्यान मार्ने धम्की दिदै आएको छोरा सितारामले जानकारी दिए ।

बेहोस भएका इन्द्रप्रसादको बनेपाको शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएको छ । गाइ काटेर आक्रमण गर्ने दुई युवा प्रहरीको नियन्त्रणमा छन् । उनिहरु तिनै जना एकिकृत नेकपा माओवादीमा आवद्ध छन् । युवाहरुले आफुहरु क्रान्तिकारी भएकाले गाई काटेकोमा पछुतो नलागेको बताउूदै आएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।