समाज

पनौती नगरपालिकाले वढाएको कर लागु नगर्ने

पनौती,

नेकपा एमाले पनौतीको अगुवाईमा बुधबार भएको सर्वदलिय बैठकमा पनौती नगरपालिकाले आर्थिक वर्ष २०६९-२०७० देखि लागु गरेको करका दरहरु घटाएको छ । करका दरहरु घटाउन एमाले र कांग्रेसले छुट्टा–छुट्टै ज्ञापनपत्र नगरपालिकालाई बुझाएका थिए ।

नगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले एमाले र कांग्रेसले पेश गरेका छुट्टा–छुट्टै ज्ञापनपत्रका आधारमा नगरपालिकाले लागु गरेको एकिकृत सम्पती कर लगायत एम्बुलेन्स सेवा शुल्क बाहेक वृद्धि भएका सम्पूर्ण करहरु हाललाई साविक बमोजम कायम गर्ने निर्णय गरेको छ । नगरपालिकाले दैनिक सेवा प्रवाह लगायतका दुरगामी प्रभाव पार्ने निर्णहरु लिँदा सहभागितामुलक सर्वपक्षिय छलफल कार्यक्रमको आयोजना गर्ने र भइरहेको सेवा तत्कालै प्रभावकारी बनाउने र उठेका विषयहरु कार्यान्वयन गर्ने सहमति भएको स्थानीय विकुनारायण ताम्राकारले जानकारी दिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।