अर्थ समाचार

नगरपालिकाको बजेट सार्वजनिक

विकुनारायण ताम्रकार/पनौती

कृषि कला र संस्क्ृति हाम्रो चिनारी हरित पर्यटकिय गौरवमय पनौती भन्ने नारा बोकेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०६९ - २०७० को बजेट सार्वजनीकरण, नगरवासिहरुलाई सम्मान तथा पुरस्कार वितरण र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा कार्यकारी अधिकृत सुदेशकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेल, मालपोत अधिकृत मुक्ति आचार्य, बालकल्याण समितिका अधिकृत जयराम कर्माचार्य लगायतले नगरपालिकाले दिएका सेवा, सुविधा र जनताका आंकाक्षाका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । सोहि अवसरमा नगरकै जेष्ठ सदस्य नरबहादुर कर्माचार्य, बेतीमायाँ मिसानायो लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रथम करदाता रामकृष्ण श्रेष्ठ, उत्कृष्ट घरनक्सा दस्तुर कुलबहादुर घिमीरे, जगदम्वा कोल्ड स्टोरेज, पनौती १०, उत्कृष्ट करदाता मल्पी इन्टरनेशनल, उत्कृष्ट कर्मचारी सुनिल भण्डारी वडा सचिवलाई सम्मान गरिएको थियो । सोहि अवसरमा ९ र १० का सामुदायिक विद्यालयका ८४ जना जनालाई छात्रवृत्ति वितरण गरिएको थियो । नगर भित्रका सामुदायिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उर्तिण हुने ९४ जनालाई सम्मान गरिएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।