आफुहरुसँग अनुमति नै नलिई सडक छेउमा रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले आज बनेपाको चारदोबाटोमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमको लागि टाँगिएको टेन्ट भत्काई दिएको छ । प्रहरीले आफुहरुलाई जानकारी नै नगराई सडकको छेउमा रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै नेपाल स्वास्थ्यकर्मी युनियनले बनेपाको चारदोबाटोमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा अवरोध गरेको हो ।
आफुहरुलाई ईलाका कार्यालयमा सल्लाह गर्न जानुपर्ने भन्दै ईलाका प्रहरी कार्यालय बनेपामा पठाएपछि प्रहरीको एक टोलीले आफुहरुले राखेको टेन्ट भत्काईदिएको नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय सचिव दिपक घिमिरेले जानकारी दिए । प्रहरीले कार्यक्रम बिथोलेपछि उनीहरुले नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको भवनमा गएर कार्यक्रमको आयोजना गरेको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्