शिक्षा समाज

बेल्जियमबाट नेपालको गाउको स्कूलमा कम्प्युटर प्रदान

नेपालमा रहेको शैक्षिक भेदभाबको न्यूनीकरण र ग्रामिण बिध्यालयहरुमा अध्ययनरत निम्न बर्गका बिध्यार्थीहरुको कम्प्युटर शिक्षामा पहुच पुर्याउन बेल्जियमस्थित सस्था ह्याण्ड नेपाल बेल्जियम संस्थाले काभ्रे जिल्ला अवस्थित ढुंखर्क गाउँमा रहेको पार्वती उच्च माविलाई २० थान कम्प्युटर उपलब्ध गराईसकेको छ । यस सम्बन्धमा विद्यालय र ह्याण्ड नेपाल बेल्जियमबीच एक भब्य समारोहको आयोजना गरि औपचारिक हस्तान्तरण कार्यक्रम गत सोमबार सम्पन्न भएको थियो । ढुंखर्क उपत्यकामा रहेको उक्त स्कूलमा वरिपरी गाउँका निम्न आयस्रोत भएका बिशेषगरि किसानी तथा मजदुरी गरि जीविकोपार्जन गर्ने परिवारका बिद्यार्थीहरु अध्ययन गर्ने गरेको कुरा स्कूल प्राचार्य गोबिन्द शर्माले जानकारी गराउनु भयो । करिब ७२० बिद्यार्थी संख्या रहेको उक्त बिद्यालयमा ह्याण्ड नेपाल बेल्जियमको सहयोगमा कम्प्युटर ल्याबको शुरुवातले गर्दा पार्वती स्कूल अब कम्प्युटर प्राविधिक ज्ञान उपलब्ध गराउने यस छेत्रकै पहिलो सरकारी स्कूल भएको छ ।

विगत केही वर्षदेखि बेल्जियममा बसोबास गर्दै आएका पनौती निवासी चिनिया दुवालको सक्रियतामा बेल्जियममा उक्त संस्था स्थापना गरी नेपाली संस्कृति, पर्यटन प्रवद्र्धनका लागि बेल्जियममा विभिन्न नयाँ नौलो कार्यक्रमहरु आयोजना गरिँदै आएको छ । पासाःपुचः बेल्जियमका महासचिव समेत रहेका दुवालले बेल्जियममा रहेका नेवारहरुबीच नेवारी संस्कृतिको प्रवद्र्धन गर्न संस्थागत रुपमा समेत कार्य गर्दै आउनुभएको छ । बिगतका वर्षहरुमा बेल्जियममा नेपाली तथा स्थानिय बेल्ज नागरिकहरुबीच नेपाली चाडपर्वहरु मनाउने, नेपालको अपार लोक संस्कृति तथा परम्परा रितिरिवाजको प्रबर्धन गर्ने क्रममा नेपाली तथा नेवारी खानाका परिकारहरु बेचेर कोष स्थापना गर्दै आएको र सोही कोषमार्फत कम्प्युटर वितरण गरिएको दुवालले जानकारी दिनुभयो ।

उक्त संस्थाले आगामी वर्ष २०१४ मा समेत जिल्लाका सरकारी विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्ने तयारी गरेको छ, जसको लागि यस अघि नै दरखास्त आव्हान गरिसकेको कुरा ह्याण्ड नेपालका अर्का बेल्जियममा सक्रिय सहयोगी ज्ञानेन्द्र प्रजापतीले जानकारी गराउनुका साथै निकट भविष्यमा नै अन्य कार्यक्रमहरुको घोषणा गरिने पनि जानकारी गराउनु भयो ।
स्मरण रहोस ह्याण्ड नेपालको सन् २०१४ को प्रोजेक्टका लागि बेल्जियमका स्थानीय लोकप्रिय संस्थाहरु तुमुल्ट र चिल्ड्रेन अफ द स्टीरटसंग सहकार्य गरि ठुलो रुपमा सहयोग संकलन गर्ने गरि एक सम्झौता गरिसकेको जानकारी ह्याण्ड नेपाल बेल्जियमका श्रीमती एलिन दुवाल दुपनले बताइन ।

http://www.handnepal.be/project/jeugdvrede-en-children-of-the-street/

-
चिनिया दुवाल

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।