२०५५ साल जेठमा पनौती नगरपालिकाको पहलमा पहिलो अनि २०६८ साल भदौमा काभ्रे उद्योग वाणिज्य संघको पहल अनि तीन जना युवाहरुको व्यापक मेहनतमा दोश्रो पटकको महोत्सव पछि यहि पौष १६ र १७ गते तदानुसार डिसेम्बर ३१ र जनवरी १ तारिखका दिन पनौती सडक महोत्सवको आयोजना हुँदैछ । निश्चय पनि यस अघिका महोत्सवहरुको आयोजनाबाट पनौतीमा सकारात्मक प्रभाव परेको नै छ । ठ्याक्कै भन्नुपर्दा पनौती देवी नाचको पुनस्र्थापना लगायत तामाङ सेलो, खैंजडी अनि सुन्थानको लाखे नाचले उचित अवसर पाएको थियो पहिलेका महोत्सवहरुबाट ।
नेपालका कतिपय नगरपालिका जस्तै पनौती नगरपालिका पनि गाउँ र शहरी क्षेत्र मिश्रित छ । विगतका महोत्सवहरु स्मारक क्षेत्रमा मात्र केन्द्रित भयो भन्ने जनगुनासोलाई ध्यानमा राखी यो पटकको महोत्सवलाई भ्याएसम्मका वडाहरुमा लान खोजिएको छ । उदाहरणको लागि यो पटक खोपासी पोखरीमा बोटिङ गराउने, लामाडोलमा नाईट क्याम्प गर्ने, मल्पीस्थित पिकनिक स्पटको प्रवद्र्धन गर्ने योजना छ । यी ठाउँहरुमा महोत्सवका सहभागीहरु निर्वाध रुपमा घुम्न पाओस् भन्ने अभिप्रायले शटल बस चलाउने योजना छ । अन्य वडाहरुले पनि स्थानीय स्तरमा गर्न सकिने कार्यक्रमहरु केही छ भने सोही मुताबिक राखी यसको जानकारी मूल आयोजक समितिलाई दिन सकिने छ । यति मात्र नभई पनौती नजिकका बल्थली, लड्केश्वर महादेव, खोपासी पावर हाउस, सल्मीटार जाने पुल, मल्पी ड्याम, गोरखनाथ, शारदा देवीस्थान तथा नमोबुद्धमा पनि स्थानीय बासिन्दाहरुले केही कार्यक्रमको आयोजना गर्न सकेको खण्डमा सुनमा सुगन्ध हुने थियो ।
यसैगरी अन्यत्रको महोत्सवमा भैं विभिन्न खानेकुराको स्वाद लिन पाइने छ । यस महोत्सवमा पनौतीको पहिचान बनेको योमरी लगायत चटामरी, बारा एवं नेवारी खाजा सेट चाख्न पाइने छ । स्थानीय उत्पादन सुन्तला, लप्सी, आलुका परिकारहरु पनि राखिने छ । स्मारक क्षेत्रका बासिन्दालाई आ–आफ्ना घरमा भएका पुरातात्विक महत्वका सामाग्रीहरु भ्mयाल बाहिर प्रदर्शनमा राख्न अनुरोध गरिएको छ । महोत्सवका सहभागीहरुलाई निरन्तर मनोरञ्जन दिन स्मारक क्षेत्रका ठाउँ ठाउँमा बाजागाजा वाद्यन, भजन गायन, घचाः ल्हों कासाः निरन्तर रुपमा हुने छ । यस महोत्सवमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु पनि हुने छ । कार्यक्रममा किर्तीपुरको मन्दः व्याण्ड र वरिष्ठ लोकबाजा संगीतकार न्हुछेमान डंगोल अभिप्रेरित भ्वाईस अफ नेपाल (नेपाली आवाज) को संगीत प्रस्तुती पनि हुने छ ।
अंग्रेजी सम्वत् २०१२ लाई बिदाई अनि २०१३ लाई स्वागत गर्न आयोजित यस महोत्सवको मुख्य उद्देश्य पनौती एवं आसपासमा रहेको पर्यटकीय स्थलहरुको पहिचान गराउने रहेको छ । त्यसैले डिसेम्बर ३१ को राती लामाडोलमा रात्री शिविर बसी जनवरी १ को दिन सूर्योदयको दृश्य हेर्नु नै मुख्य आकर्षण हुने छ ।
यसरी पनौती महोत्सवमा आउने विभिन्न खाले पर्यटकहरुको रुचीलाई ध्यानमा राखी विविध खालका कार्यक्रमहरु राखिएका छन् । यी सबै कार्यक्रममा स्थानीय क्षेत्रको मिनिबस समिति, नीजि विद्यालयहरु, सहकारीहरु तथा स्थानीय वासिन्दाहरुले भरमग्दुर सहयोग प्रदान गर्ने अपेक्षा राखिएको छ । निश्चय पनि स्थानीय पर्यटन प्रवद्र्धन अनि होमस्टेमा छुट्टै सफलता प्राप्त गरिसकेको पनौती पर्यटन विकास समितिले यस्तो महोत्सवलाई आफ्नो वार्षिक क्यालेण्डरमा राखी वर्सेनी गर्दै जानु राम्रो हुने छ ।
सुमनराज ताम्राकार
सल्लाहकार, पनौती पर्यटन विकास केन्द्र एवं पनौती सडक महोत्सवका
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्