राजनीति समाज

धुलिखेलमा यात्रुबाहक बसमाथि आगजनी

बन्दकर्ताहरुको आज विहान काभ्रेको धुलिखेलमा यात्रुबाहकमा आगजनी गरेका छन् ।

bus_on_fire_kavreबनेपाबाट सिन्धुपाल्चोकको मेलम्चीका लागि छुटेको हेलम्बु यातायात सेवा समितिको बा २ ख ५६७२ नम्बर बसलाई धुलिखेल स्थित मिरावेल चोकमा रहेका युवाहरुको समूहले रोकेर यात्रुहरु बस भित्रै रहेको अवस्थामा आगो लगाइदिएका हुन् । आगो लागिबाट मानवीय क्षति नभएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । बसभित्र ३५ जनाभन्दा बढी यात्रुहरु रहेको सबै जना बसको झ्यालबाट हामफालेर बाचेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले बन्द गरेको भनेपछि आफु बनेपाबाट यात्रुलिएर मेलम्चीका लागि हिडेको सह–चालकले दिपक कार्कीले बताएका छन् । सिन्धुपाल्चाके जिल्लाको ईर्खू गाविस वडा नम्बर २ घर भएका सह–चालक कार्कीले आफ्नो बसमा पेट्रोल छर्कन खोज्नेहरुको फोटो खिच्न लाग्दा आफ्नो मोबाईफोन नै फालिदिएको बताएका छन् । ‘सुरुमा एक जना युवा आएर हात दिए, गुरुजीले गाडी रोक्नुभयो, त्यसपछि गाडीको अगाडीको भागमा इट्टा प्रहार भयो, उनले भने त्यसपछि यात्रुहरु भित्रै रहेको अवस्थामा ढोकामा पेट्रोल छर्के आगो लगाइ हाले ।

युवाहरुले यात्रुलाई समेत बाहिर निकस्न नदिर्ई अचाकन आगो लगाई दिएपछि यात्रुहरुलाई आंतिक हुदै गाडी भित्रै चिच्याउँदै झ्याउबाट हामफालेर ज्यान बचाएका थिए । ‘दुई तिन जना यात्रुको त शरीरमा नै पेट्रोल परेको थियो सह–चालक कार्कीले भने सवारी अनुमति पत्र बनाउन गाउँमा भैसीँ बेचेर ल्याउनको पैसा समेत गाडीको आगोसँग जलेर खरानी भयो ।’

bus_on_fire

-
प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।