समाज

अरनिको राजमार्गमा दुईवटा दुर्घटना, ५३ जना घाइते

अरनिको राजमार्गअन्तर्गत काभ्रेमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी ५३ जना घाइते भएका छन् । काठमाडौँबाट सिन्धुपाल्चोकको चौतारातर्फ बेहुली लिएर जाँदै गरेको बा १ ख ९३७२ नम्बरको मिनीबस आज अपरान्ह पौने ४ बजेतिर काभ्रेको होक्से गाउँ विकास समिति– ५ स्थित ५० किलोमा दुर्घटना हुँदा १३ जना जन्ती घाईते भएको प्रहरी चौकी पाँचखालले जनाएको छ ।

प्रहरी चौकी पाँचखालका ईन्चार्ज प्रहरी नायव निरिक्षक बाबुराम झाका अनुसार उक्त बस बाटो काट्दै गरेको बाख्रालाई जोगाउने क्रममा सडकबाट १० मिटर तल चाखोलामा पुगेको थियो । दुर्घटनामा गम्भिर घाईते मध्ये ७ जनालाई उपचारका लागि धुलिखेल र काठमाडौँतर्फ पठाइएको छ भने ३ जनाको दोलालघाटस्थित क्लिनिक र ३ जनाको तामाघाटस्थित क्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेहुला बेहुलीलाई भने केहि भएको छैन । बसमा सवार बेहुला बेहुली र अन्य जन्तीलाई अर्को बसमा राखी चौतारा पठाइएको थियो । मिनिबसका चालक खोटाङ छापापोखरी– १ का भुईदेल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी आज बिहान पाँचखाल गाउँ विकास समिति– ७ सर्वमंगला क्याम्पस जाने मोडमा अरनिको यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा रहेका ४० यात्रु घाइते भएका छन् । काठमाडौँबाट दोलखाको मैनापोखरीतर्फ जाँदै गरेको बा २ ख ३५७२ नम्बरको यात्रु बहाक बस सडकमा पल्टिएको थियो । दुर्घटनाका घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ५ जनाको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।