राजनीति

कांग्रेसका लागि काभ्रेको क्षेत्र नम्बर १ मजबुत बन्यो

माओवादीको पक्कड रहेको काभ्रेको क्षेत्र नम्बर १ मा नेपाली काग्रेसले आफ्नो संगठन मजवुत पारेको बताएको छ । सो क्षेत्रमा माओवादी पार्टीका प्रभावशाली नेता मानिएका डि.वि लामा लगाएतका एक समुह कांग्रेसमा प्रवेश गरेका छन् भने अन्य एकहजार भन्दा बढी विभिन्न राजनितिक पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरु पनि काग्रेसमा प्रवेश गरेपछि काभ्रे कांग्रेसको क्षेत्र नम्बर एक थप मजबुत भएको बताइएको छ ।

समयमा नै लोकतान्त्रिक संविधान निर्माण सम्पन्न गराउन दवाब सृजना गर्ने उदेश्यका साथ नेपाली कांग्रेस काभ्रेले एक नम्बर क्षेत्रीय समितिको आयोजनामा शनिबार भकुण्डेवेशीमा वृहत आमसभा सम्पन्न भएको थियो महामन्त्री कृष्ण सिटौला, केन्द्रिय सदस्यहरु डा. शशांक कोइराला, प्रकाशसण महत, चन्द्र भण्डारी र गगन थापा, विमलेन्द्र निधी, एनपि साउद लगायतले संवोधन गरेको सो आमसभामा एकहजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि काग्रेसमा प्रवेश गरेका हुन् ।

आमसभामा हजारौ कांग्रेस कार्यकर्ताको सहभागिता रहेको थियो । काभ्रेको क्षेत्र नम्बर एकमा यति टुलो जनसहभागितामा यो पहिलो आमसभा भएको नेपाली काग्रेस काभ्रेले जनाएको छ । गाउ सम्मेलन र क्षेत्रीय सम्मेलन सम्पन्न गरे लगत्तै कंाग्रेसले आयोजना गरेको यस आमसभालाई काभ्रे कांग्रेसले शक्तिको अन्दाज गर्ने अवसरको रुपमा समेत लिएको छ । 'गाउमा बैठक बस्न नसक्ने अवस्था बाट वृहत आमसभा गर्ने अवस्थामा पुगेका छौं' क्षेत्रिय सभापति तिर्थ लामाले भने- आमसभामा १ हजार ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।

भकुण्डेवेशीको वृहत सभाबाट कांग्रेसलाई थप उर्जा मिलेको कांग्रेसका केन्द्रिय नेताहरुले पनि बताएका थिए । अहिले पनि गाउका जनता माओबादी विरुद्ध वोल्न डराइरहेको अवस्था रहेको उल्लेख गर्दै कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले भने- आमोबादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले धेरै त्याग गर्नुपरेको थियो । माओवादीलाई एउटा पाइप भित्र छिराइसकेको छ अब उनिहरु भाग्न सक्दैनन् सिटौलाले भने ।

काग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउदै नेता विमलेन्द्र निधिले राष्ट्रियता, गणतन्त्र, संघियता, समावेशीता, मिश्रति निर्वाचन प्रणली, धर्म निपेक्षता, अहिंसा र शान्ति समावेश भएको संविधान निर्माण गर्न काग्रेस लागिपरेको बताएका थिए । संविधान सभाको म्याद सकिने बेलामा आयोजना गरिएको यस आमसभाले विशेष महत्व राख्ने नेपाली कांग्रेस काभ्रेका सभापति शिव प्रसाद हुमागाईको भनाई छ ।

- काभ्रे, ५ चैत

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।