पोखरेलीले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा हुँदै छ। मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन्। उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने भए पनि अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्नेछ।
अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएको खुसीमा बिदा दिइएको यो सम्भवतः पहिलो पटक हो। उद्घाटन समारोहमा स्थानीयको व्यापक सहभागिताका लागि महानगरका कर्मचारी, शिक्षकलगायत सबैलाई अनिवार्य उपस्थितिको आह्वान गरिएको छ।
पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। नयाँ विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनुअघि पुरानो विमानस्थलबाट जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट चल्नेछन्। त्यसपछि ६ दशक पुरानो विमानस्थल पूर्णरूपमा विस्थापित हुनेछ।
पोखरा विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग नभएको ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ को सुविधा छ। अन्तर्राष्ट्रिय गन्तव्यमा आवागमन गर्ने यात्रुलाई टर्मिनल र जहाजमा सिधैं एरोब्रिजले जोड्नेछ। पोखरा विमानस्थल छोटो हवाई रुटमा जोडिइसकेको छैन। सुरुआती चरणमा पोखरा आउने अन्तर्राष्ट्रिय वायुयानले सिमराको आकाशबाट प्रवेश गर्नुपर्नेछ। पोखराबाट बाहिरिने वायुयानले पूर्वतर्फ काठमाडौं हुँदै र पश्चिमतर्फ भैरहवा र महेन्द्रनगर रुट हुँदै निस्किनुपर्नेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अन्तर्राष्ट्रिय वायुयानका लागि ‘सिंगल अप्रोच’ विधि मात्रै छ अर्थात् ठूला जेट विमानले धावनमार्गको पूर्वी बिन्दु (विजयपुर खोला) बाट मात्रै उडान तथा अवतरण गर्नुपर्नेछ। घरेलु वायु सेवाले भने धावनमार्गका दुवै बिन्दुबाट आन्तरिक उडान गर्न सक्नेछन्। विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिनेछ, जसमा अन्तर्राष्ट्रियतर्फ तीनवटा र बाँकी साना जहाज हुनेछन्। वार्षिक आठ लाख यात्रु आवागमन हुने विमानस्थलको आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्षमता छ।
पोखरा विमानस्थललाई प्राधिकरणले ‘क्याटगोरी २’ भनेको छ, जहाँ जहाजलाई अवतरण गर्न न्यूनतम ३ हजार ८ सय मिटर र उडानका लागि १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। यस विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सो सरहका जहाजले उडान गर्न सक्छन्। ‘फोर डी’ श्रेणीको भएकाले यसको रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ। अग्नि नियन्त्रण विधामा यो ‘क्याटगोरी ८’ मा पर्छ, जसअन्तर्गत विमानस्थलमा तीनवटा दमकल राखिएका छन्।
चीनको एक्जिम बैङ्कको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल वि.सं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो। त्यतिबेला ३ हजार १ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो। हाल ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण भएको छ। पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्