राजनीति

वामदेवलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाउने ओली-प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री बन्न नमिल्ने राष्ट्रियसभामा जान मानेनन् वामदेव

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको निर्वाचनको उम्मेद्वार बन्न अस्वीकार गरेका छन्।

अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।

शुक्रबार बिहान बसेको सचिवालय बैठकमा श्रेष्ठले पार्टीको निर्णय आफूले मान्ने बताएका थिए। 'पार्टीले दिएको जिम्मेवारी निभाउछु, मेरो महत्वकांक्षा छैन', श्रेष्ठले भने। श्रेष्ठका अनुसार नेता गौतमलाई पनि राष्ट्रियसभा सदस्य बन्न अध्यक्षद्वयले प्रस्ताव गरेका थिए। तर गौतमले समय मागेरै आफ्ना केही पूर्व सर्त रहेको बताएका थिए।

'उहाँले राष्ट्रियसभामा गएर आफू प्रधानमन्त्री बन्न नमिल्ने भएकाले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभयो', श्रेष्ठले भने, 'उहाँले प्रधानमन्त्री पद र संविधान संशोधनको ग्यारेण्टी माग गर्नुभयो।'

गौतमले धारणा राखे पछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरे । उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने र गौतम अहिले प्रधानमन्त्री बन्न पनि सम्भव नभएको ओलीले बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।