राजनीति

अग्नि सापकोटा सभामुख - प्रम ओली र प्रचण्डबीच सहमति, सचिवालय बैठकले अनुमोदन गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको छ। आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलबाट उक्त सहमति जुटेको बताइएको छ।

सभामुख चयनका लागि आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीचको छलफलबाट उक्त सहमति जुटेको बताइएको छ।

आइतबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाइएको छ र सो बैठकले अनुमोदन गर्ने बताइएको छ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। तर उपसभामुख तुम्बाहाङ्फे सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडानमा छिन्। सभामुखका लागि उनको दाबेदारी कायम नै छ।

यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो। प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए।

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन्। यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।