भारतले अतिक्रण गरेको पश्चिमी सिमाना स्थित कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भुमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका रामकुमारी झाँक्रीसहित ६ जना प्रतिनिधिसभाका सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् । अन्य प्रस्तावकमा गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी रहेका छन् ।
अन्तर्राष्ट्रिय सीमा विवादको हल ऐतिहासिक सन्धि, सम्झौता लगायतबाट हुनुपर्ने र नेपाल भारत सीमाको हकमा सुगौली सन्धिमा आधारित हुनुपर्ने प्रस्तावमा उल्लेख छ प्रस्तावमा भारतले नेपालको ४०० वर्ग किलोमिटर भु-भाग मिचेको दाबी गरिएको छ ।
संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पुर्ण भु-भाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
भारतले अतिक्रण गरेको पश्चिमी सिमाना स्थित कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भुमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ।
सत्तारुढ नेकपाका रामकुमारी झाँक्रीसहित ६ जना प्रतिनिधिसभाका सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् । अन्य प्रस्तावकमा गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी रहेका छन् ।
अन्तर्राष्ट्रिय सीमा विवादको हल ऐतिहासिक सन्धि, सम्झौता लगायतबाट हुनुपर्ने र नेपाल भारत सीमाको हकमा सुगौली सन्धिमा आधारित हुनुपर्ने प्रस्तावमा उल्लेख छ प्रस्तावमा भारतले नेपालको ४०० वर्ग किलोमिटर भु-भाग मिचेको दाबी गरिएको छ ।
संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पुर्ण भु-भाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ।
शुक्रबार भारतले सडक उद्घाटन गरेपछि नेपाल र भारत बीचको सीमा विवादलाई चर्किएको छ ।

शेयर गर्नुहोस्