राजनीति

संशोधन विना एमसीसी सम्झौता पास नगर्न साझा पार्टीको माग

साझा पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन विना संसदबाट पास नगर्न सरकारको ध्यानाकर्षण गरेको छ।

साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले मंगलवार प्रेस विज्ञप्ति जारी गरी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हित विपरीत रहेको जनाउँदै संशोधन विना संसदबाट पास गर्नु उपयुक्त नहुने बताएका छन्।

डा. आचार्यले एमसीसी सम्झौता नेपालको कानूनभन्दा माथि भएको, नेपाल सरकारको समेत लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षणको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो मुलुक भारतको स्वीकृत लिनुपर्ने भएको जनाउँदै यसबाट समस्या आउनसक्ने औंल्याए।

उनले एमसीसीमार्फत सम्पन्न गरिने आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने र सम्झौताको केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने जनाउँदै यसलाई विवेकपूर्ण ढंगले अध्ययन गरेर मात्र अगाडि बढ्न सुझाव दिएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।