समाज

बेहुली लिन गएका बेहुलाको गाउँलेको कुटाइबाट मृत्यु, ६ जना जन्ती बेपत्ता

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–८ सोतीमा शनिबार राति गाउँलेको कुटाइबाट एक युवकको मृत्यु भएको छ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक १९ जना साथी लिएर चौरजहारीस्थत आफ्नी प्रेमिकाकाे घर पुगेका थिए। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। सुष्माकै बिहे गराैं भन्ने आग्रह गरेपछि नवराजले १९ युवा लिएर गएका थिए।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँले कुटपिट गर्दा नवराजको मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। नवराजसँग गएका छ युवा बेपत्ता छन्। बाह्र युवालाई प्रहरीले पक्राउ गरेको छ।

गाउँहरुले लखेट्दा छ युवा भागेकाे हुन सक्ने श्रेष्ठकाे भनाइ छ। सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।