समाज

जयवीर सिंह देउवाको कम्पनीले सेनेटरी प्याड आयात नगर्ने स्पष्टोक्ति

प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरू सेनेटरी प्याडको आयात गर्ने कम्पनी नभएको स्पष्ट पारेको छ।

केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको हो। एक वक्तव्य जारी गर्दै कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईले आफूहरूले प्याड नभई बालबालिकाका लागि डाइपर आयात गर्ने कम्पनी रहेको जनाएको हो।

‘ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयात गर्ने कम्पनी हो,’ वक्तव्यमा भनिएको छ,‘विभिन्न माध्यमहरूमा सेनेटरी प्याड आयात गरेको भन्ने कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएकोमा हाम्रो गम्भीर आपत्ति छ।’

यस्तै ब्लुप्रिन्टले अहिलेसम्म सेनेटरी प्याड आयात नै नगरेको दाबी समेत गरेको छ। विना आधार कम्पनीको मानहानी हुनेगरी प्रकाशित समाचारहरू गलत भएको ठहर गरेको छ।

यस कम्पनीमा जयवीर सिंह देउवाको ७० प्रतिशत र प्रबन्ध निर्देशक बजगाईको ३० प्रतिशत सेयर छ। सरकारले सेनेटरी प्याडमा ९० प्रतिशत सम्म कर छुट दिएको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले देउवालाई लाभ हुने करमा छुट दिएको भन्दै समाचारहरू आएका थिए।

त्यसलाई खण्डन गर्दै ब्लुप्रिन्टले वक्तव्य जारी गरेको हो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।