समाज

बनेपामा बेरोजगार युवाहरुलाई प्लम्विङ्ग र मोवाइल तालिम

बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले बनेपामा काभ्रे जिल्लाभरीका युवाहरुलाई छनौट गरेर प्लम्विङ्ग तालिम शुरु भएको छ ।

रोजगार कोषको सचिवालय हेल्भेटास नेपालको सहयोगमा सिमेका ह्युमन रिसोर्से एकेडेमी प्रालीले जिल्लाका २० युवाहरुलाई ३ महिने निशुल्क तालिम दिन शुरु गरेको हो । १ सय ७१ जनाले आवेदन दिएको उक्त तालिमका लागि २० जना मोवाइलका लागि छनौट गरिएको छ । एसएलसी पास नगरेका युवा युवतीहरुलाई उक्त बेरोजगार तालिममा सहभागि गराइएको हो । तालिम पश्चात युवाहरु स्वरोजगार हुने प्रशिक्षक गोकुलबहादुर कुँवरले जानकारी दिए । युवाहरुलाई कुँवर र अम्बिकाप्रसाद भट्टराईले प्रशिक्षण दिइरहेका छन् । तालिमको संयोजन प्रकास सापकोटाले गरिरहेका छन् । प्रशिक्षार्थीहरुलाई निशुल्क खाजा र खानाको ब्यवस्था मिलाइएको छ । मोवाइल मर्मत तालिम केहि दिनमै शुरु हुने सापकोटाले जानकारी दिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।