अर्थ

ब्राइट बैकको शाखा चितवनमा

पनौती, पनौतीमा मुख्य कार्यालय राखेर २०६६ सालबाट कारोबार शुरु गरेको ब्राईट डेभलपमेन्ट बैकले काभ्रे जिल्लामा नै वनेपामा शाखा, भकुण्डे र महादेबस्थानको कुन्ता बेशीमा एक्स्टेनसन काउन्टर सञ्चालनमा ल्याईसकेको छ । सो बैकले आफ्ना कार्यक्षेत्रहरु रहेका जिल्लाहरुमा कारोबार गर्ने क्रममा चितवन जिल्लामा शाखा विस्तार तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्यउन लागेको जनाएको छ । साथै यसै क्रममा यहि आ.व. भित्र बैकले चितवन जिल्लाको भरतपुरमा शाखा र खैरेनी, पर्सामा पनि एक्सटेन्सन काउन्टर खोली कारोवार थालिने भएको छ । ४ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लागी निश्कासन प्रक्रियामा रहेकाले आ.व को शुरुमै सर्वसाधारण शेयर निश्कासन हुने पनि जनाएको छ ।

बैकको आ.व. हालसम्म कुल निक्षेप रु ४५ करोड १७ लाख र कर्जा लगानी ३४ करोड ३३ लाख रहेको छ भने ०६८ चैत मसान्त सम्ममा सञ्चालन मुनाफा रु ९८ लाख ७२ हजार रहेको बैकले विज्ञप्तीमा जनाएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।