अर्थ

बैङ्क मर्जर - ग्लोबल आईएमई बैङ्क बन्यो सबैभन्दा ठूलो बैङ्क

नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले जनता र ग्लोबल आईएमई बैंकको एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । यो सँगै पूँजी, ग्राहक, शाखा संजाल, निक्षेप तथा कर्जा परिचालनको हिसावले आजबाट ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको हो । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।

सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।